भारतीय रेडियोबाट सम्बोधन गर्दै ओबामा


नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले राष्ट्रको नाममा सन्देश दिने मासिक रेडियो सम्बोधन कार्यक्रममा आगामी हप्ता अमेरिकी राष्ट्रपति बाराक ओबामाको पनि सहभागिता हुने भएको छ । 
 
अमेरिकी राष्ट्रपति बाराक ओबामा तीन दिनको औपचारिक भारत भ्रमणको क्रममा आगामी २५ जनवरीमा भारत आउन लागेका हुन् ।  आगमनको भोलि पल्टै २६ जनवरीमा ओबामाले भारतीय गणतन्त्र दिवसको अवसरमा प्रमुख आतिथ्य ग्रहण गर्नेछन् । 
 
प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गर्दै गणतन्त्र दिवसको भोलिपल्ट रेडियो सम्बोधन कार्यक्रम ‘मनकी बात’मा यस पटक अमेरिकाका राष्ट्रपति ओबामासमेत सरिक हुने उल्लेख गरिएको छ । 
 
‘यस माहिनाको मनकी बात रेडियो प्रशारण शृङ्खला अति भब्य हुँदैछ । यस कार्यक्रममा हाम्रो आदरणीय अतिथि बाराक ओबामा र मैले आपसमा विचार आदानप्रदान गर्ने निधो गरेका छौँ ।’ मोदीको ट्वीट सन्देशमा उल्लेख गरिएको छ । 
 
त्यस्तै ट्वीटको अर्को सन्देशमा ‘आस्क ओबामा मोदी’ शीर्षक कार्यक्रममा सर्वसाधारण जनताले भारत र अमेरिका सम्बन्ध विकासबारे इच्छित प्रश्न गर्न सक्ने र केही प्रश्न भए लेखिपठाउनसमेत आग्रह गर्दछु भन्नेसमेत प्रशारण गरिएको छ । 






प्रतिक्रिया दिनुहोस्...