मोदी र ओबामा सम्बन्धको रहस्य मोदीले सुनाए,'ओबामा र म फोनमै चुट्किला भन्छौं'



Obama Visit
नयाँ दिल्ली, माघ ११ - भारतीय गणतन्त्र दिवसमा प्रमुख अतिथि बन्न आइतबार आइपुगेका अमेरिकी राष्ट्रपति बाराक ओबालाई स्वागतको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल मिचेररै इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थल पुगे । केही अघिसम्म आफूलाई कालोसूचीमा राखेर भिसा दिन अस्विकार गर्ने अमेरिकी राष्ट्रपतिलाई मोदीले गम्लङ्ग अंगालो हालेको तस्विरको विश्वभर चर्चा भयो ।
मोदीको ओबामालाई अंगालो हाल्दै स्वागत गरेको फोटो मोदीको फेसुबक पेजमा अपडेट हुने वित्तिकै फेसबुकका मालिक मार्क जुकर्रवर्गले लाइक गरे । जुकर्रवर्ग उक्त तस्विरमा लाइक गर्ने पहिलो व्यक्ति थिए ।
भारत आएलगत्तै मोदी र ओबामाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा वार्ता भएको थियो । वार्ता अघि दुई नेताले चियाँ र खानासँगै खाए । हैदरावाद हाउसको बगैचामा बसेका ओबामालाई मोदीले कपमा चिया हालिदिएको भिडियो पनि संसारलाई चाखको बिषय बन्यो । ओबामा भारतको गणतन्त्र दिवसमा अतिथि बन्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।
हैदरावाद हाउसको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदी र ओबामा संयुक्त पत्रकार सम्मेलनमा सहभागी बने । पत्रकार सम्मेलनमा मोदी र ओबामाले आफ्नो सम्बन्धबारे खुलेर कुरा गरे ।
मोदीले ओबामा आफ्ना मित्र भएको भन्दै दुई जनाले फोनमै एक अर्कालाई चुटि्कला सुनाउने गरेको प्रसंग बताए । पत्रकार सम्मेलनमा ओबामाले पनि हिन्दी भाषामै 'चले साथ साथ' भन्दै मोदी र आफ्नो विशेष सम्बन्धको कारण भारत- अमेरिका सम्बन्ध नया“ उचाईमा पुगेको बताए । ओबामाले हिन्दी भाषामा 'मेरा प्यार भरा नमस्कार' भन्दै सम्बोधन सुरु गरेका थिए ।
ओबामाले मोदीको प्रशंसा गर्दै भने,'मोदी म भन्दा पनि कम सुत्छन् । गरिबी निवारणको लागि मोदीको प्रयास देखेर म दंग छु ।' उनले मोदी र आफ्नो प्रजातन्त्र, स्वतन्त्रता र मान्यताप्रतिको दृष्टिकोण समान भएको बताए ।
'म र ओबामा साथी हौं । हामी फोनमै एक अर्कालाई चुटि्कला सुनाउछौं', पत्रकार सम्मेलनमा मोदीले भने,'म नयाँ प्रधानमन्त्री भए पनि मलाई यत्ति थाहा छ, देशहरुबीचको सम्बन्ध ति देशको नेताहरुको सम्बन्धमा भर पर्छ ।'
अमेरिकी राष्ट्रपति ओबामाले भारतलाई सदस्यता दिंदै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को पुर्नसंरचना गर्नुपर्ने बताए ।
मोदी र ओबाबीच कुरा गर्न हटलाइन स्थापना गरिएको छ भने दुइ देशको सेक्युरिटी एजेन्सीबीच पनि हटलाइनको व्यवस्था छ ।
अाेबामा भोलि हुने भारतीय गणतन्त्र दिवसमा समारोहमा प्रमुख अतिथि बन्ने छन् । यो अाेबामाको दोस्रो भारत भ्रमण हो ।




प्रतिक्रिया दिनुहोस्...