भुवनदेखि निखिलसम्म, जसको घरबार बिग्रियो
काठमाडौं । सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा महिलाको सम्मान गर्नुपर्छ भन्नेमा सबै भन्दा चर्को स्वरमा बोल्न पछि पर्दैनन् नेपाली नायक ।
दुई पटक बिहे गरेर पनि बुढेशकालमा एक्लो जीवन बिताउने नायकको रुपमा चिनिन्छन् भुवन केसी । परिवारमा बिबाद भएर जेठी श्रीमति अमेरिका गएपछि भुवनले सुस्मिता लामासँग दोस्रो बिहे गरे । भुवनसँग बिबाह गरेपछि सुस्मिताले करोडपति, सुपरस्टार, तँ त सार्है बिगि्रस नि बद्री लगायतका फिल्ममा अभिनय पनि गरिन् ।
भुवन र सुस्मिताका छोरा अनमोल केसी अहिले नेपाली चलचित्रका चकलेटी नायकका रुपमा चिनिन्छन् । भुवन सुस्मिताले भने औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरिसकेका छन् । आजकल उनको नाम आफुभन्दा आधा उमेर कमकी जिया केसीसँग जोडिने गरेको छ ।
भुवनकै समकक्षी नायक शिब श्रेष्ठले पनि जेठी श्रीमतिसँग बिबाह गरेको ३० वर्षपछि दोस्रो बिहे गरेका थिए । अनिल संग्रौला निर्देशित चलचित्र ‘मालती’ को सुटिङमा क्रममा चितवनमा भेटिएकी सिर्जनासँग श्रेष्ठले प्रेम बिबाह गरेका थिए । उनकी श्रीमति जेठी छोरी मोडल सोना श्रेष्ठ भन्दा कम उमेरकी छिन् ।
कोपीला उप्रेतिसँग प्रेम बिबाह गरेका निखिल उप्रेतीले अभिनेत्री सञ्चिता लुइटेलसँग दोस्रो बिबाह गरेका छन् । आकाश शाहसँग पहिलो बिहे गरेकी सञ्चिताले पनि निखिलसँग दोस्रो बिहे गरेकी हुन् । अहिले सञ्चिता दुई छोराको आमा बनेकी छिन् भने कोपीलाले पनि एक छोरालाई जन्म दिएकी छिन् ।
पुराना अभिनेता कृष्ण मल्लको पनि शर्मिला मल्ल कान्छी श्रीमति हुन् । जेठी श्रीमतिसँग सम्बन्ध बिच्छेदपछि नाटकमा अभिनय गर्ने क्रममा कृष्ण मल्ल र शर्मिलाले प्रेम बिबाह गरेका थिए ।