नेपाल र क्यानडा भिड्दै, नेपाल दोस्रो जितको खोजीमा


काठमाडौं, माघ ६ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको आफ्नो तेस्रो खेलमा आज नेपालले क्यानडाको सामना गर्दैछ ।

अफ्रिकीमुलुक नामिबियामा जारी प्रतियोगिताको पहिलो खेलमा युगान्डासँग हारेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्द्धी नेदरल्यान्ड्सलाई हराएको थियो । नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । आजको खेल जितेको खन्डमा नेपालकम्तिमा डिभिजन–२ मै रहने समीकरण बन्नेछ ।

६ टोली सहभागी प्रतियोगितामा यसपछि नेपालले आयोजक नामिबिया र केन्यासँग खेल्न बाँकी रहनेछ ।

प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोली आइसीसी विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनपसिप प्रतियोगिताका लागि छनोट हुनेछन् । यो प्रतियोगितालाई एक दिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको रुपमा लिइएको छ ।

साथै डिभिजन–२ का शीर्ष दुई टोलीले सन् २०१५ देखि १७ सम्मको आइसीसी इन्टरकन्टिनेन्टल कप क्रिकेट खेल्ने छन् । चार दिवसीय ढाँचाको यो प्रतियोगिता आइसीसीका एसोसियट तथा अफिलियट राष्ट्रहरुले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो । - 





प्रतिक्रिया दिनुहोस्...