पोखरामा एक दर्जन सवारी–साधानमा तोडफोड, माइक्रो र नगरबसमा आगजनी


पोखरा, माघ ६ । बन्दबाट देशभरको जनजीवन प्रभावित भएको छ । जिल्लाजिल्लामा बन्दकर्ताहरु सडकमा उत्रिएका छन् ।

जिल्लाहरुमा शैक्षिक संस्था, पसल ठप्प छन् भने लामो तथा छोटो दुरीका सवारी–साधन पनि ठप्प भएका छन् । पोखरामा बन्द गराउँदै हिँडेका बन्दकर्ताले बस, ट्रक, मोटरसाइकललगायतका एक दर्जन सवारी–साधनमा तोडफोड गरी क्षति पुर्‍याएका छन् । पोखराको प्रस्र्याङमा ग१ज २९५९ नम्बरको माइक्रोबस र फिर्केमा ग१ज २९६१ नम्बरको नगरबसमा बन्दकर्ताले आगो लगाएका छन् ।




प्रतिक्रिया दिनुहोस्...