सीमापारीबाट भिषण आक्रमण, १०५ जना मारिए;


 मध्य अफ्रिकी राष्ट्र बुरुण्डीमा प्रजातान्त्रीक गणतन्त्र कङ्गोको सीमाक्षेत्रबाट गरिएको भिषण आक्रमणमा १०० जना भन्दा बढीको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बुरुण्डीको सेनाले कङ्गोमा प्रवेश गरेका बुरुण्डीमा सक्रिय विद्रोही लडाकुहरुमाथि यस्तो आक्रमण हुँदा सो हताहती भएको पुष्टी गरेको छ । ५ दिन सम्म चलेको सैनिक कारवाही पछि कम्तिमा १०५ लडाकु मारिएको सैनिक अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी लडाकुहरुसँग रहेका मोर्टार र रकेट लञ्चर समेत बरामद भएको अधिकारीहरुले बताएका छन् । केही दिन अघि मात्र बुरुण्डीका लडाकु कङ्गो प्रवेश गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्...