चालक ले ४५० प्रवासी भएको जहाज समुद्रको बिचमा किन छोडे त ?


कोरिग्लियानो (इटली), चालक दलका सदस्यहरूले बिचमानै छोडिदिएको एक जहाज ४५० प्रवासीहरू लिएर इटलीको दक्षिणी तटमा पुगेको छ । यसका साथै उक्त जहाजको उद्दार अभियान सकिएको छ ।
अधिकारीहरूका अनुसार चालक दलका सदस्यहरूद्वारा यो साता प्रवासीहरू भरिएको जहाज समुद्रमा एक्लै छोडेको यो दोश्रो घटना हो । एजादीन नामको यस जहाजमा फसेका मानिसहरूमा महिलाहरूका साथै बालबालिकाहरू पनि रहेका थिए ।
इटालिको नौसेना द्वारा जहाजको नियन्त्रण लिन र त्यसलाइ सुरक्षित किनारासम्म ल्याउनका लागी चलाएको अभियान पछि एजादीन स्थानीय समयानुसार राती करीब ११ बजे कोरिग्लियानो कालाब्रो को बन्दरगाहमा आइपुगेको थियो ।
यस अघि तटरक्षक बलका ६ जना अधिकारीहरूलाइ हेलिकप्टरबाट उक्त जहाजमा उतारिएको थियो, जसले ४० किलोमिटर टाढाको इटलीको तटमा उक्त जहाजलाइ सुरक्षित ल्याउन सकियोस । उक्त जहाजमा सियरालियोनको झण्डा लगाइएको थियो । इटली द्वारा समुद्रमा चलाइएको अभियानहरूको कडिमा यो सबैभन्दा नयाँ अभियान हो ।

भूमध्य सागरमा खतरनाक यात्रा गरेर ठुलो संख्यामा प्रवासीहरू इटली पुगिरहेका छन । गत बुधवार मात्र नौसेनाले एक अर्को चालक दल रहित जहाजलाइ रोकेका थिए । यो जहाज समुद्रमा बाटो बिराएर भड्किरहेको थियो । जसमा ८०० जना प्रवासी सवार थिए । यसरी समुद्रमा लावारिस अबस्थामा जहाजहरू भेटिन थालेपछि अहिले निकै चिन्ता बढेको बताइएको छ । यहाँ तस्करहरूले मानिसहरू भरिएको ठुला डुङ्गा तथा जहाजहरूलाइ धेरै लाभ लिने चाल स्वरूप यूरोपको तटिय क्षेत्रहरूमा छोडिदिन थालेका छन । 





प्रतिक्रिया दिनुहोस्...