बन्दकर्ताबाट सुरक्षाकर्मी कुटिएपछि प्रचण्डको प्रहरी भ्यानमा उद्धार (भिडियो सहित )


 ६ माघ, काठमाडौं । बिजुलीबजारमा प्रदर्शन गरिरहेका बन्दकर्ताहरुले एमाओवादीका अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईको सुरक्षा गार्डमाथि आक्रमण गरेका छन् । झडपका कारण नेताहरु असुरक्षित भएपछि प्रचण्डलाई प्रहरी भ्यानमा हालेर संविधानसभा भवन नयाँबानेश्वर लगिएको छ ।

 संविधानसभा भवनमा नाराबाजीपछि प्रचण्डसहितका नेताहरु बिजुलीबजार पुगेका थिए । नेताहरु आएपछि उत्साहित बनेका कार्यकर्ता र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा झडपको स्थिति उत्पन्न भएको थियो ।
त्यसक्रममा प्रदर्शनकारीहरुले प्रचण्ड र बाबुरामका सुरक्षाकर्मीमाथि नै आक्रमण गरे । लगत्तै सुरक्षाकर्मीले लाठिचार्ज गर्दै प्रचण्डलाई भ्यानमा हालेर संविधानसभा भवन बानेश्वर पुर्‍याएको छ ।

प्रभाकर सहित तीन सभासद घाइते
झडपको क्रममा जनार्दन शर्मा प्रभाकर, अनिता परियार लगायत तीन जना एमाओवादीका सभासदहरु घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । 





प्रतिक्रिया दिनुहोस्...