काखीको दुर्गन्ध कसरि हटाउने ..जानी राखौ ..!!


दुर्गन्ध कसलाई मन पर्छ र ? जो कोहिपनि सुगन्ध प्रति आर्कशित हुने त हो । त्यसैले त विकसित मुलुकका जनहरु घरमा बस्दा होस् वा घर बाहिर जानुपरोस् मगमग बास्ना आउने अत्तरले आफ्नो पहिरण सुगन्धीत पारेर हिड्छन् ।

त्यसोत अविकसित वा अर्धविकसित मुलुकका नागरिकले पनि आफ्नो शरिरलाई बास्नादार बनाएर हिड्न काँहाँ बाँकि राख्छन् र ? तर पनि कतिपय व्यक्तिलाई काखी गन्हाउने रोगले सताएकै हुन्छ ।
काखी गन्हाउने समस्या बाट पिडीत चिरीच्याट्ट परेका यूवा वा यूवति आफ्नो मोरलनै डाउन भएको गुनासो गर्छन् । भनिन्छ, काखी गन्हाउने मानिसको आगमनले सानो तिनो सभानै दुर्गन्धित पार्दिन्छ । कतिपयलाई काखीको गन्धले रिंगटा चल्ने, भाउन्न हुने, वाकवाकी लाग्ने तथा खान समेत खान मन नलाग्ने बनाउछ ।
तसर्थ आफ्नो काखी गन्हाउने गन्धले अरुलाई घाईते बनाउनुको सट्टा बेलैमा त्यसको निदान किन नगर्ने ? यदि तपाईंको वा तपाईंको परिवारमा कसैको काखी गन्हाउँछ भने तलका सुझावहरु अपनाएर ढुक्क हुन हामी अनुरोध गर्दछौं।

१. दैनीक स्नान गर्ने । स्नानका बेला काखी सफासँग धोइपखाली गर्ने ।

२. घर बाहिर निस्किीनु पूर्व र बाहिर घुमेर आए पश्चात सफा पानीले काखी धुने ।

३. नुहाउँदा निम साबुनको प्रयोग गर्ने ।

४. कगतीको रसको लेप बनाएर बेलाबेलामा काखीमा लगाउनाले गन्ध हराएर जान्छ ।

५. तितेपातिझारलाई निचोरेर यसको रस काखीमा दल्दा काखी गन्हाउँदैन ।

६. जामुनको पात वा बोक्रालाई पानीमा पकाई त्यसले केही हप्तासम्म काखीमा मालिस गर्नाले काखी गन्हाउन छोड्छ ।

७. काखीमा उम्रेको रौं नियमित काट्नाले पनि काखी गन्हाउने सम्स्याबाट मुक्त पाउन सकिन्छ ।

कतिपय अवस्थामा शरिरमा हरमोनको गडबडका कारणले पनि काखी गन्हाउने हुनसक्छ । त्यस्तो अवस्थामा छाला रोग बिशेषञसँग संपर्कगर्नु उचित हुन्छ ।





प्रतिक्रिया दिनुहोस्...