गोर्खाली सेना भर्ती बन्द गर्न माग..


काठमाडौं : भारत र बेलायतमा हुँदै आएको गोर्खाली सेना भर्ती बन्द गरिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सोमबार काठमाडौंमा गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको राष्ट्रिय एकता बचाउँदै नेपालीको शिर ठाडो तुल्याउन यस्ता भर्ती रोकिनुपर्नेमा दिएका हुन् ।
 राजनीतिक विश्लेषक दीर्घराज प्रसाईँ र आयोजक संस्थाका अध्यक्ष फणीन्द्र नेपालले भारतलाई स्वतन्त्र बनाउन योगदान दिने गोर्खा सैनिकलाई भारतले उच्च सम्मान गर्नुपर्ने बताए ।

 सो अवसरमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल सरकारले विभिन्न क्षेत्रमा देखिएको सीमा विवादलाई कूटनैतिक माध्यामबाट सुल्झाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने औंल्याए ।

 सीमाविद् बुद्धिनारायण श्रेष्ठले कालापानी, सुस्तालगायत क्षेत्रमा मिचिएको भूमि फिर्ता गर्न भारत सरकारसँग माग गरे ।

 सो अवसरमा भारतको गणतन्त्र स्थापनामा गोर्खाली सेनाले देखाएको बहादुरीका बारेमा बनाइएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । रासस
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।




प्रतिक्रिया दिनुहोस्...