अमिताभले भेट्न चाहेनन् अमेरिकी राष्ट्रपति ओबामालाई


यहि जनवरी २६, भारतको गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा अमेरिकी राष्ट्रपति बाराक ओबामा उपस्थित हुने भएको थियो। यसै क्रममा भारतीय सुपरस्टार अमिताभ बच्चनले ओबामासँग भेट्ने निर्णय भएको थियो। तर मध्य दिनको एक रिपोर्ट अनुसार गणतन्त्र दिवसको परेडमा अमिताभ बच्चन उपस्थित हुन सक्ने छैन। सुपरस्टार अमिताभलाई गणतन्त्र दिवसको परेडमा निमन्त्रणा गरेतापनि अन्य प्रतिबद्धताको कारणले गर्दा भारतमा उपस्थित हुन नसक्ने रिपोर्टले बताएको छ। सुरुमा गणतन्त्र दिवसको समारोहमा उपस्थित हुन सहमत भएका अमिताभले अहिले यस्तो खुलासा गरेका हुन्। आफ्नो नयाँ चलचित्र "समिताभ" को प्रचारप्रसारको लागि पनि त्यहाँ उपस्थित हुने बताएको अमिताभले विदेशमा प्रचार-प्रसारको कार्यक्रम सुरु गरिसकेको जानकारी दिएका थिए। त्यसैले गर्दा एकै दिनमा भारत आएर फेरि फर्किन असमर्थ हुने भएकोले ओबामासँग भेट्न नपाउने अमिताभले बताए।




प्रतिक्रिया दिनुहोस्...