छिमेकी युवकसँग लभ गरेको भन्दै बाबुले छोरीको हत्या गरे



वीरगन्ज:  छिमेकी युवकसँग प्रेम सम्बन्ध राखेकै कारण पर्साको लापर्साकी एक किशोरीको आफ्नै बुबाले हत्या गरेको रहस्य खुलाशा भएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले किशोरीका बुबा र आमा सहित चार जनालाइ हिरासतमा लिएपछि घटना प्रकाशमा आएको हो। 
 
लालपर्सा वडा नम्बर ८ की १४ वर्षिया फुलमति कुमारीको हत्या उनकै बुबा रमेश महत्तो धानुकले गरेको रहस्य खुलाशा भएको हो।  छोरी फुलपति र छिमेकी युवक मुन्ना साह तेली बिच प्रेम सम्बन्ध रहेको हल्ला गाँउमा फैलिएपछि आक्रोशमा आएका रमेशले आफ्नै छोरीलाइ कुटेर मारेका हुन्। गत पुष ७ गते छिमेकी बेल्वा गाविसमा लागेको मेलामा फुलमति आफ्नी बहिनीसंगै गएकी थिइन्। 
 
मेलामा फुलमति र मुन्ना बिच गोप्य भेटघाट भएको खबर उनकी बहिनीले राति घर फर्किएर आमा बुबालाइ दिइन्। त्यसपछि आक्रोशमा आएका रमेशले त्यही रातमा फुलमतिलाइ निर्घात रूपमा कुटपिट गरेको र कुटपिटकै क्रममा उनको मृत्यु भयो। 
 
कुटपिटबाट फुलमतिको मृत्यु भएपछि पुष ९ गते बिहान मिर्मिरेमै रमेशले छोरीको शव गाँउको उखुरीबाँरीमा जलाएर घटना लुकाउने प्रंयास गरे। रमेशले आफ्नी छोरी फुलमतिलाइ कुटेर मारेको सुइको गाँउका मुखीया नागेन्द्र महत्तो धानुक र रामप्रवेश कलवारले त्यही बेला थाहा पाइसकेका थिए। 
 
शव जलाएको दुइ तीन दिन पछि नै उनीहरूले रमेशसँग पैसा माग्न शुरु गरे। पैसा नदिए घटनाका बारेमा प्रहरीलाइ खबर गरिदिने भन्दै दिदै दुवै जनाले रमेशलाइ पटक पटक दबाब र धम्की दिन थाले पछि फुलमतिको हत्याको खबर एक कान दुइ कान मैदान हुँदै गाँउ भरि नै फिजियो। अनि त्यसपछि फुलमति हत्याको खबर प्रहरीको कानमा पनि पस्यो। 

खबर पाए लगत्तै गत शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सा र परवानीपुर प्रहरी चौकीको संयुक्त टोलीले शव जलाइएको उखुबारीबाट जल्न बाँकी रहेका हड्डी र अवशेषहरू संकलन गर्नुका साथै चार जनालाइ हिरासतमा पनि लियो। प्रहरीले मृतक फुलपतिका बुबा रमेश ,आमा निशा देवी,रमेशलाइ धम्की दिने नागेन्द्र र रामप्रवेशलाइ हिरासतमा लिएको हो। 
 
प्रहरी हिरासतमा रहेका रमेशले भने छोरीले घरमै पासो लगाएर आत्महत्या गरेको बताएको प्रहरी नायव उपरिक्षक वीर बहादुर ओलीले जानकारी दिए। तर घटनाको प्रकृति हेर्दा घटना आत्महत्या जस्तो पटक्कै देखिन्न, हत्याकै आशंका बढि छ,उनले भने। 
 
आत्महत्या नै भएको भए रातारात शव उखुबारीमा जलाउनु पर्ने कुनै कारण थिएन, उनले थपे, 'लाश पनि सम्सानघाटमा नभइ , उखुरबारीमा लगेर गुपचुपमा जलाइएको भेटिएकाले शंका अझै बढेर गएको छ ,गाँउलेसँग सोधपुछ गर्दा पनि फुलमतिको मृत्युको कारण शंकास्पद देखिन्छ। 
 
घटनास्थलबाट संकलन गरिएको शवको हड्डी र अवशेष फरेन्सीक परिक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौ पठाइने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक ओलीले अन्नपूर्णलाइ बताए। 





प्रतिक्रिया दिनुहोस्...