नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, पदाधिकारीद्धारा एअरपोर्टमा स्वागत


काठमाडौं, माघ १२ । नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

प्रतियोगिता जितेर डिभिजन–१ मा पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा अभ्यास खेलेर नामिबिया गएको नेपाल ६ टिम सहभागी प्रतियोगितामा चौंथो बनेको थियो । नेपालले हराएका नामिबिया र नेदरल्यान्ड्स भने डिभिजन–१ मा पुगे

त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कप्तान एवं डिभिजन–२ का म्यान अफ द सिरिज पारस खड्काले उपाधि जित्न गएपनि सफल हुन नसकेको बताए ।

उनले नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी उत्पादन गर्नका लागि भौतिक पूर्वाधारका साथै धेरैभन्दा धेरै प्रतियोगिता गर्न आग्रह गरेका छन् ।

विमानस्थलमा खेलाडीहरुलाई स्वागत गर्न खेलकुद परिषद र क्रिकेट संघका केही पदाधिकारीमात्र उपस्थित थिए ।

यसअघि भएको डिभिजन–२ बाट ‘थ्री’ मा घटुवा भएको नेपालले योपटक भने डिभिजन–२ मै रहने सफलता हासिल गरेको हो ।





प्रतिक्रिया दिनुहोस्...