छोरीको घर बचाउन ज्वाईलाइ मृगौला दान


आफ्नो घर बचाउन र आफ्नो श्रीमान प्रर्तिको आफ्नो दायित्व पुरा गर्न महिलाहरु कति सम्म त्याग गर्न सक्छन र आफुलाई झुकाउन सक्छन भन्ने कुरा पछिल्लो समय एउटा घटना सार्बजनिक भए संगै थाहा पाउन सक्छौं | आफ्नो श्रीमानको मृगौला फेल भएर काम नलाग्ने भएपछी काठमाडौ उपत्यकाभित्रकै हो एक महिलाले आफ्नो माइतीमा गएर बुबा संग बिलौना गरि आफ्नो घर घर बचाइदिन आग्रह गरिन |उनले आफ्नो श्रीमानलाइ मृगौला दिएर उनको जीवन रक्षा गरिदिन आग्रह गरेपछि उनका बाबुले छोरीको घर जोगाउन आफ्नो ज्वाईलाइ मृगौला दान गरेका हुन् |पारिवारिक गोपनीयता कायम गर्न उनीहरुले घटनाबारे विस्तृतरुपमा बताउन चाहेनन् । अहिलेसम्म १५५ जनाको मृगौला प्रत्यारोपण गरिसकेका मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डाक्टर पुकार चन्द्रश्रेष्ठ भन्छन्, ‘मृगौला लिने धेरैजसो पुरुष छन् भने दिनेमा महिला छन ,महिलाले पनि आफ्नो माइतीबाट मृगौला मागेर आफ्नो श्रीमान बचाएको उदाहरण पनि प्रसस्तै छन |लोग्ने बाचे पो जीवनको अर्थ हुन्छ नत्र म बच्नुको के अर्थ भने महिलाहरु धेरै छन |




प्रतिक्रिया दिनुहोस्...