क्रिकेटरले नायिकालाई बलात्कार गरे


ढाका, पुस २४ – बंगलादेशका क्रिकेटर रुवेल हुसैनलाई एक नायिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
१९ वर्षीय नजनिन अक्तेर ह्यापीले ढाकाको अदालतमा बलात्कार र विवाहको झुटो आश्वासन दिएको भन्दै गत महिना अदालतमा उजुरी दर्ता गरेपछि हुसैनलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो ।
आगामी महिना अस्ट्रेलिया र न्युजिल्याण्डमा हुन लागेको विश्वकपका लागि बंगलादेशको टोलीमा समावेश गरिएका हुसैनको अदालतको यस निर्णयले भविष्य अन्यौलमा पारिदिएको छ ।

ढाका प्रहरीका डेप्युटी कमिस्नर अनिसुर रहमानले एएफपीसँग कुरा गर्दै अदालतले धौरटीमा रिहा हुनको लागि गरिएको अपिल अस्वीकार गरेपछि उनलाई हिरासतमा राखिएको छ ।
उनको मुद्दाको अर्को सुनुवाई कहिले हुने हो भनेर केही बताइएको छैन ।
कयौं महिना यौनसम्बन्ध राखेपछि विवाहबाट भागेको भन्दै नजनिनले उजुरी दिएपछि प्रहरीले यस विषयमा अनुसन्धान शुरु गरेको थियो । उजुरी पछि अदालतले नजनिनको स्वास्थ्य परिक्षण गर्न र दुवैले डिएनए परिक्षण गर्न आदेश दिएको छ ।
मुस्लिमहरुको वाहुल्यता रहेको देशमा यस्तो मामिलामा प्रायः महिलाहरु सार्वजनिक नहुनेमा नजनिनले सार्वजनिक रुपमा यस विषयमा कुरा उठाएपछि बंगलादेशमा यतिबेला ठूलो वहस चलेको छ । उनले सार्वजनिक रुपमै हुसैनले विवाहको लागि स्वीकार गरे आफूले मुद्दा फिर्ताले बताएकी छिन् ।
यता, हुसैनले भने नजनिनले आफूलाई ब्ल्याकमेल गर्न खोजेको अरोप लगाएका छन् । हुसैले बंगलादेशका लागि २२ टेस्ट खेल्दै ३२ विकेट लिएका छन् भने ५३ एकदिवसीय खेलमा ६९ विकेट लिएका छन् ।




प्रतिक्रिया दिनुहोस्...