हाम्रो बन्द जारी छ - प्रचण्ड


एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दलहरुबीच बाहिर समाचरमा आएजस्तो कुनै पनि सहमति नभएको प्रष्टाउँदै भोलीको आयोजित नेपाल बन्द कार्यक्रम यथाबत रहेको जानकारी गराएका छन्।
काठमाडौ, माघ ८ - एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले दलहरुबीच बाहिर समाचरमा आएजस्तो कुनै पनि सहमति नभएको प्रष्टाउँदै भोलीको आयोजित नेपाल बन्द कार्यक्रम यथाबत रहेको जानकारी गराएका छन्।


आज अपराहन्न राजधानीमा आयोजित आफू नेतृत्वको ३० दलिय मोर्चा सहितको विशेष पत्रकार सम्मेलनमा बेल्दै प्रचण्डले भोलीको बन्द कार्यक्रम यथाबत रहेको जानकारी गराएका हुन् ।


’समाचारमा आए जस्तो कुनै पनि विषयमा सहमति भएको छैन । समाचार सबै हल्ला मात्रै हुन्’ , प्रचण्ले प्रष्ट्याए । 


हाम्रो माग भनेको  सहमतिकै आधारमा प्रकुयापनि अगाडी बढाइनु पर्छ भन्ने हो, उनले भने । संविधानसभा बाहिर रहेका शक्तिको विचारको पनि कदर गरिन पर्ने बिचार राख्दै उनले ३० दलीय मोर्चाले भोलि आह्वान गरेको बन्द पनि जारी रहेको बताए।





प्रतिक्रिया दिनुहोस्...