छोराले दिए आमाको बली



 भारतको महाराष्ट्रमा छोराहरुले आफ्नै आमाको बली दिएको आङ नै सिरिङ्ग हुने घटना सार्वजनिक भएको छ । आमाको बली दिए आफ्नो भाग्य खुल्ने भन्ने तान्त्रिकको कुरा पत्याएर उनीहरुले आमाको बली दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

महाराष्ट्रको नासिक शहरमा भएको उक्त घटना गत अक्टोबरमा भएको भएपनि अहिले मात्र यस्तो खुलासा भएको हो । अक्टोबर महिनामा भएको एक महिलाको हत्याको छानविन गर्ने क्रममा प्रहरीले उनकै छोरा सहित १० जनालाई पक्राउ गरेको थियो ।

पुलिससँगको बयानका क्रममा काशिनाथ र गोबिन्दा नामका ती महिलाकै छोराले आमाको बली दिएको खुलासा गरेका हन् । तान्त्रिक महिलाको भड्काउमा आएर आफूहरुले यस्तो गरेको समेत उनीहरुले खुलासा गरेका छन् ।

उनीहरुले आफ्नी बहिनीलाई पनि आमासँगै बली दिन खोजेपनि असफल भएको बुझिएको छ । मार्ने क्रममा भागेकी बहिनीले नै पुलिसमा खवर गरेपछि उक्त हत्याकाण्ड सार्वजनिक भएको थियो ।

आमा बोक्सिनी भएको र छोराको प्रगतिको बाधक भएको भन्दै ती महिला तान्त्रिककले आमा र बहिनीको बली दिन सुझाएपछि उनीहरुले भड्किएर यस्तो गरेका थिए । 





प्रतिक्रिया दिनुहोस्...