सबै नेतालाई एक्कै ठाउँ थुन्ने योजनामा सभामुख नेम्वाङ


subash_speker_20140829082420ओएस नेपाल, काठमाडौँ, ३ माघ । मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको छ ।
नयाँ संविधान एक वर्षभित्र जारी गर्ने भनी एक वर्षअघि जनतासँग प्रतिबद्धता जनाएका प्रमुख दल त्यो मिति नजिकिँदै गर्दा संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने प्रयासस्वरुप घनीभूत छलफलमा जुटेका हुन् ।
संविधानका प्रमुख अन्तर्वस्तुमा देखिएका विवाद सुल्झाउने क्रममा पछिल्लो समय दलहरुको बैठकले निरन्तरता पाउँदै आए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
दलबीच सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा मतभेद रहँदै आएको छ । सो मतभेद जनतामा भन्दा राजनीतिकस्तरमा अझ बढी झाङ्गिएको छ ।
नयाँ संविधानका विवादित विषयमा सहमति गराउनका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सबै दलका नेतालाई एक ठाउँ राखेर सहमतिको प्रयासलाई तिब्रता दिएका हुन् । सत्ता पक्ष र प्रतिपक्ष एवम् संविधानसभा बाहिरका दलका बीचमा देखिएकाृ विवाद समाधानका लागि सभामुख मध्यबाटोबाट समाधानको बाटो खोज्दै सबैदललाई एक ठाउँ थुनेर सहमति गराउने प्रयत्नमा छन् ।
आजको बैठकमा समेत सभामुख नेम्वाङको उपस्थिति विशेष रहेको छ । प्रमुख दलका बीचमा संविधानका अन्तर्वस्तुमा देखिएका विवादलाई सहमतिमा रुपान्तरण गर्न कोसिसमा सभामुख निरन्तर लागि परेका छन् । सभामुखले सहमति नभएसम्म सबै नेतालाई एउटै कोठामा राखेर सहमति गराउने समेत बताएका छनज् । रासस





प्रतिक्रिया दिनुहोस्...