सञ्जय दत्तको सिद्धियो छुट्टी, जानु थियो जेल, पुगे घर
मुम्बई – मुम्बई ब्लास्टको मुद्दामा सजायँ काटिरहेका अभिनेता सञ्जय दत्तको १४ दिनको छुट्टी बिहिबार सिद्धिएलगत्तै उनी जेल पुगेका छन् तर पछि उनी पुनः घर फिर्ता भएका छन् । आफ्नो छुट्टी बढाउनु पर्ने माग गरिरहेका उनको अहिलेसम्म निर्णय नहुँदा उनले यसो गरेका हुन् । सञ्जय दत्तका वकिल हितेश जेनले भने, ‘मेरा सहयोगीका साथ उनी बिहिबार दिउँसो पुणेको यरवडा जेलमा पुगेका थिए । यहि दौरान उनको छुट्टीको विषयमा निर्णय नभइसकेका कारण उनी अहिले नै जेलमा बस्नुपर्ने आवश्यक छैन ।’ वकिलका अनुसार मन्त्रीको बयानलाई उनीहरुले २४ घण्टा कुर्ने र यदि केहि खबर नआएमा शुक्रबार उनले आत्मसमर्पण गर्ने बताइएको छ । अर्कोतर्फ पुणेका उप महानिरिक्षक राजेन्द्र धमानेले सञ्जय दत्तले आफ्नो स्वास्थ्यको कारण देखाई छुट्टी बढाउनका लागि आवेदन दिएका थिए । उनले भने, ‘हामीले मुम्बई पुलिसबाट यो विषयमा जानकारी मागेका छौँ, त अहिलेसम्म कुनै खबर आएको छैन ।’ जबकी संयुक्त पुलिस आयुक्त (कानुन व्यवस्था) धनन्जयको भनाई अनुसार सञ्जय दत्तको विषयमा कुनै पनि पत्र प्रसाशनमा आएको छैन ।