शीर्ष नेता बसेको ठाउँमा एका-एक ऋषि धमला छिरेपछि..


 नेपालमा कहिले सँधै चर्चा र विवादमा रहने पत्रकार ऋषि धमलाले चार दलका नेताहरुलाई भारतको सन्देश सुनाएका छन् । संविधानसभाको राजनीतिक संवाद तथा राजनीतिक समितिको बैठक बस्नु अघि सभाध्यक्ष सुवास नेम्बाङसँग बसिरहेका ४ दलका प्रमुख नेताको बैठकामा एका एक छिरेर ऋषिले आफूले हालै भारतका गृहमन्त्री राजनाथ सिंहसँग भेटेको र भारतको चाहाना माघ ८ मा संविधान बनोस् भन्ने रहेको सुनाएका हुन् ।


संवाद समितिको बैठक अघि सभाध्यक्ष नेम्बाङसँग, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले छलफल गरेका छन् ।

नेताहरुबीच राजनीतिक समिति भित्र एउटा छुट्टै संयन्त्र बनाउने तयारीबारे छलफल भैरहेको बुझिएको छ ।

ओलीले भनेः 'म गच्छदारसँग छु है'

मधेशी नेताहरुलाई अपमान गरेको भनेर आलोचना खेपिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू मधेशी नेता विजय गच्छदारसँगै छु भन्दै हाँसो गरे । सञ्चारकर्मीहरुले तस्विर लिन खोज्दा ओलीले हाँसो गरेका हुन् । ओलीले आफूहरुलाई होंच्याएको भन्दै मधेशी दलहरुले विहीबारको चार दलीय बैठक बहिस्कार समेत गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्...