माताको रुपमा भविश्यवाणी गर्ने चर्चित सविता शर्मा संगको कुराकानी: “दरवार हत्या काण्ड गराउने को हो मलाई थाहा छ”


माताको रुपमा भविश्यवाणी गर्ने सविता सरू शर्मा आचार्य चर्चित नाम हो । आजका मितिसम्म लाखौको भविश्यवाणी गरिसकेको वताउने यी माता कहाँ सर्वसाधारण देखि कलाकार, ब्यापारी, लगायत शीर्ष नेताहरु समेत पुग्ने गर्छन् । उनको आश्रममा जुनसुकैवेला पनि घुइचो नै हुन्छ । धनकुटा देखि इटहरीहुँदै काठमाण्डौं आइपुगेकी मातासँगको कुराकानीको मूख्य अंश । 



माता, हिजोआज के गरेर दिन वित्दै छ ?
अहिले म चितवनमा छु । एकसाता पछि काठमाण्डौं फर्कदैछु । जहाँ गएपनि भक्तजनहरुसँगै हुन्छु । भक्तजनहरु आफ्नो भविश्य सुन्न आतुर हुनुहुन्छ । म उहाँहरुको त्यही मनोकांक्षा पुरा गर्छु । 

अहिलेसम्म कतिजनाको भविश्य सुनाई सक्नु भएको छ ?
अहिलेसम्म लाखौंको भविश्यवाणी गरिसकें होला । सवैलाई भेटेर मात्र भन्दिन । टेलिफोन, स्काइप, फोटो हेरेर लगायतका आधुनिक प्रविधिवाट पनि भन्ने गरेकी छु ।

 कस्ता– मान्छेहरु बढी आउँछन् ?
  बढी त सर्वसाधारणहरू नै आउँछन् । नाम चलेकाहरु पनि उत्तिकै आउँछन् । 

नाम चलेकाहरु भनेपछि केहीको नाम लिनुस् न ?
राजनीतिक मान्छेहरु, ब्यापारी, कलाकारहरु लगायत… 

जस्तो नाम भन्नुस् न ? नाम नलिनु नै ठीक हुन्छ कि ? उहाँहरूको ब्यक्तिगत कुरा हो यो । 

तर सामाजिक सञ्जालहरुमा त तपाईंले ठूला मान्छेहरुसँग खिचेको तस्विर पनि देखिन्छ नि ?
देख्नु भएको तस्विरहरु सही हुन् । 

तस्विर अनुसार त पूर्वराजा ज्ञानेन्द्र, पूर्व प्रधानमन्त्री माधव नेपाल देखि अन्य नेताहरु पनि छन् नि ?
हो । उहाँहरु आउनु भएको थियो । उहाँहरुसँग अहिले पनि सम्पर्क भइरहन्छ । 


उहाँहरु के भन्नु हुन्छ त ?
उहाँहरुले भनेको कुरा भन्न मिल्दैन । त्यो नितान्त ब्यक्तिगत कुरा हो । तपाईंले गरेको भविश्यवाणी त भन्न मिल्छ नि ? मिल्छ । 

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कति पटक आउनु भयो तपाईं कहाँ ?
प्रधानमन्त्री हुनु अघि र त्यसपछि पनि ।

प्रधानमन्त्री हुनु अघि तपाईंले के भविश्यवाणी गर्नु भएको थियो ?
चुनाव हारेपनि प्रधानमन्त्री हुनुहुन्छ भनेकी थिएँ । दोस्रो संविधानसभाको चुनावमा एक ठाऊँवाट जित्ने र अर्को ठाउँवाट हार्ने जस्तो उहाँले सुनाउनु भएको थियो । मैले उहाँलाई दुवै ठाउँवाट जित्नु हुन्छ भनेकी थिएँ । 

माधव नेपालको वारेमा अन्य भविश्यवाणी पनि गर्नु भएको छ ?
छ । उहाँ फेरि देशको प्रधानमन्त्री बन्ने योग छ । 

अन्य नेताहरु क–कस्को भविश्यवाणी गर्नु भएको छ ?हिसिला यमी, पम्फा भुषाल, प्रदीप नेपाल, सुजाता कोइराला, रामचन्द्र पौडेल आदि ।

 पूर्वराजा ज्ञानेन्द्रप्रतिको तपाईको भविश्यवाणी चाहिं के छ ?
राजा ज्ञानेन्द्रको तेस्रो पटक पनि राजा हुने योग छ । मैले यो भविश्यवाणी उहाँलाई पनि सुनाई सकेकी छु ।

कसरी भेट भयो पूर्वराज ज्ञानेन्द्रसँग ? उहाँलाई मैले निर्मल निवास गएरै भेट गरेकी हुँ । मैले त्यहाँ तीन घण्टा लगाएर भविश्यवाणी सुनाएकी थिएँ । 

निर्मल निवास कस्तो लाग्यो ?
निर्मल निवासको वास्तु दोष छ । म त्यहाँ पुग्दा त्यहाँका चरा–चुरुंगीले मलाई घेरे । मैले उनीहरुसँग कुरा गर्ने मौका पाएकी थिएँ । त्यहाँका चराहरुले दरवार हत्याकाण्डमा मारिएका सदस्यहरुको आवाजमा मसँग कुरा गरे । त्यहाँ राजा वीरेन्द्र पनि हुनुहुन्थ्यो । उहाँले देशमा शान्ति हरायो माता केही गर्नु प¥यो भनेर चिन्ता प्रकट गर्नु भयो ।

 अनि ?
मैले यो कुरा राजा ज्ञानेन्द्रसँग पनि राखें ।

 उहाँले के भन्नु भयो त ?
 उहाँले आफूलाई पनि चराहरुले घेर्ने गरेको वताउनु भयो ।

 अरु के–के भविश्यवाणी छन् पूर्वराजाका वारेमा ?
०७३ साल पछि मात्र राजसंस्था फर्कन सक्ने संभावना छ । राजा ज्ञानेन्द्रको तीन पटक राजा हुने योग छ । उहाँको नाती हृदेन्द्रको पनि राज योग छ । 

तपाईंलाई दरवार हत्याकाण्डको वारेमा पनि थाहा होला नि ?
थाहा छ । दरवार हत्याकाण्डवारे मलाई सवै थाहा छ । तर यी कुरा तपाईंलाई भन्न मिल्दैन । जतिभन्न मिल्छ, भन्दिनुस् न ? नेपाल वाहेक अरु दुईवटा देशका मानिसहरुको आवद्धता छ । त्यसैगरी नेपालमा नै राजनीति गर्ने भनौदाहरुको पनि हात छ । जो जीवित वा मरिसकेको पनि हुनसक्छ ।

 दुई देश भन्नाले कुन–कुन देशका नागरिक भन्न खोज्नु भएको हो ?
 मलाई प्राप्त शक्तिले नेपाल वाहेकका दुई देशका नागरिक देखिन्छ । देशको नाम भन्न मिल्दैन । नारायणहिटी, सिंहदरवार, बालुवाटार, निर्मल निवास लगायतका प्रमुख घरहरुमा वास्तु दोष रहेकाले यस्ता घटनाहरु हुन्छन् । यो स्वभाविक हो ।

देशको वारेमा पनि भन्दिनुस् न ?
०७३ देखि विकासको मुल फुट्छ । शान्ति हुन्छ । तर अर्को एउटा क्रान्ति नभइ शान्ति हुँदैन । ०७१ सालभित्र एकजना ठूला नेताको घटना घट्छ ।

 त्यो घट्ना भनेको निधन हुने भन्न खोज्नु भएको हो ?
हो । निधन… 

अनि ? 
०७२ को जेठ र असारमा रक्तपात हुने संभावना छ । ०७१ साल नराम्रो छ । 

भावी प्रधानमन्त्री को हो भन्दिनुस् न ?
केपी ओली ।

तपाईंको कुरामा विश्वासगर्ने आधार के छ ?
मैले गरेका पुराना भविश्यवाणीहरु हेर्नुस् । मैले पहिलो संविधानसभाले संविधान दिंदैन भनेकी थिएँ । माघ –८ मा संविधान आउँदैन पनि भनेकी थिएँ । अहिलेसम्म मैले गरेका भविश्यवाणी मिलेकै छन् ।मेरो सम्पर्क नंबर ९८४२२१७१६२ तर मप्रति विश्वास नहुनेले मलाई फोन गर्ने र भेट्न आउने नगरे हुन्थ्यो अनि मेरो फेसबुक पेजमा अनावश्यक लेख्ने काम नगरे हुन्थ्यो भन्ने मेरो अनुरोध पनि छ ।
प्रस्तुति – मनोरञ्जन गुरागाईं -
Source: timesofkathmandu.com





प्रतिक्रिया दिनुहोस्...