राष्ट्रपतिविरुद्धको प्रदर्शनमा चालीसको मृत्यु


प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति जोसेफ कबिलाविरुद्ध प्रदर्शनमा चालीस व्यक्तिको मृत्यु भएको जानकारी ह्युमन राइट्स वाचले शनिबार दिएको र यस संस्थाले सेनाले प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको र पछि प्रमाण नष्ट गरेको दाबी गरेको छ ।



राष्ट्रपति कबिलाको कार्यकाल बढाउन प्रस्तुत भएको विधेयकको विरोधमा गत साताको प्रदर्शनमा अनेकौँ व्यक्तिको मृत्युभएको बताइएको छ । स्थानीय सरकारले उक्त प्रदशनमा १२ व्यक्तिको मृत्यु भएको दाबी गरेको छ भने विश्वव्यापी मानव अधिकारवादी संस्थाहरूले ४२ व्यक्तिको मृत्युभएको दाबी गरेका छन् ।

ह्युमन राइट्स वाचले शनिबार एक विज्ञप्ति प्रकाशन गरी ३६ व्यक्तिको राजधानी किनसासामा मृत्यु भएको र २१ व्यक्तिलाई सुरक्षा बलले घातक गोली प्रहार गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा चार व्यक्तिको गोमामा मृत्युभएको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्...