प्रधानमन्त्रीले दिए प्रचण्डलाई जवाफ


 संविधानसभामा प्रश्नावली समिति गठन गर्ने प्रस्ताव सभाध्यक्ष सुवास नेम्बाङले राखेपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अव संविधानसभाको औचित्य नै समाप्त पार्न खोजिएको टिप्पणी गरेपनि कांग्रेस नेताहरुले यसको स्वागत गरेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले समाध्यक्षको कदम स्वागतयोग्य भएको भन्दै यो कसैको हार वा जित नभएको बताएका छन् । प्रचण्डले अव सबै कुराको हिसाव किताव सडकबाटै हुने चेतावनी दिएपनि कोइरालाले भने सबै मिलेर संविधान बनाउने बताए । कहाँ जानु हुन्छ? कहि जानु हुन्न मिलेर संविधान बनाउनेमा म विश्वस्त छु उनले भने ।

त्यस्तै कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पनि सुवास नेम्बाङको प्रस्तावलाई स्वागत गर्दै अव संविधान निर्माणको प्रक्रिया अघि बढेको बताए ।

त्यस्तै कांग्रेस सभापति रामचन्द्र पौडेलले अव सहमतिको बाटो खुलेको र संविधान निर्माण प्रक्रिया शुरु भएको प्रतिक्रिया दिए । उनले प्रश्न गरे एमाओवादी पनि नआए पनि कहाँ जानु हुन्छ ? बैद्यको बाटो लागे मात्र हो नत्र कहाँ जाने ?

यसैबीच संविधानसभामा प्रस्ताव पेश भएपछि एमाले संसदीय दलको बैठक शुरु भएको छ ।





प्रतिक्रिया दिनुहोस्...