परस्त्रीसगँ सम्बन्ध राखेको भन्दै श्रीमानको लिङ्ग काटिएपछि


फोटो :डेलिमेल
बेइजिङ: एक चिनियाँ महिलाले आफ्ना पतिले परस्त्रीसगँ सम्बन्ध राखेको भनी उसको लिङ्ग काटिदिएकी छन् । यसअघि पनि यी महिलाले आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर त्यसलाई चिकित्सकहरूले सिएर सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख गरेका छन् । 
 
चीनको मध्यभागमा रहेको हेनान प्रान्तमा डिसेम्बरमा भएको आक्रमणपछि फान थर भएका यी ३२ वर्षीय पुरुषको लिङ्ग फेला नपरेको जानकारी अनुसन्धानकर्ताहरूले दिएका छन् । उक्त जानकारी सरकारी स्वामित्वमा रहेको एचएनआरले दिएको हो । 

 
समाचारमा फानकी पत्नीको नाम दिइएको छैन । उनले आफ्ना पतिले २१ वर्षीया एक महिलासँग सम्बन्ध राखेपछि उसको लिङ्ग काट्ने पाइला लिएकी थिएन् । अघिल्लो घटनामा फान तत्कालै अस्पताल पुगेका थिए र चिकित्सकहरूले पनि उसको लिङ्गलाई पुनः जोडिदिएका थिए । हाल उसको लिङ्ग फेला परेको छैन । 
 
यी पति तथा पत्नी उनीहरूको घरको बाहिरी भागमा लड्दै गरेको देखिएको थियो भने नाङ्गो र रगताम्य भएको फानले आफ्नी पत्नीलाई निरन्तर रूपमा कुटिरहेको देखिएको थियो । प्रत्यक्षदर्शीहरूले उनीहरूका बारेमा प्रहरीलाई फोन गरिदिएका थिए । 
 
अनलाइनमा राखिएको चित्रमा नाङ्गा पुरुष फानले लुगा लगाएका अर्का व्यक्तिलाई तान्दै सडकमा ल्याउँदै गरेको देखाइएको छ । चिकित्सक तथा प्रत्यक्षदर्शीले फानको लिङ्गको खोजी गरेको तर फेला पार्न नसकेको बताइएको छ । फानका पत्नी मानसिक रूपमा बिरामी भएकी र निजलाई प्रहरीले हिरासतमा लिएको बताइएको छ । 
 
यसपछि फानलाई अर्को अस्पताल लगिएको र चिकित्सकहरूले एक घण्टासम्म निजको शल्यक्रिया गरेको समाचारमा उल्लेख गरिएको छ ।  पछि फानको अवस्था निकै अस्थिर देखिएको समाचारमा उल्लेख भएको छ । 
 
फानलाई दुईपटक आक्रमण भएपछि फान र झाङ थर भएकी निजकी महिलामित्रसँगको सम्बन्ध अझै बलियो भएको बताइएको छ । अब उनीहरूले बिहे गर्ने निर्णय गरेका छन् ।  झाङले फानको पाँच बालबालिका भइसकेकाले अब निज सन्तान जन्माउन नसक्ने भए पनि फरक नपर्ने बताइन भनी समाचारमा उल्लेख गरिएको छ ।  






प्रतिक्रिया दिनुहोस्...