दम्पत्तीले त्रिशूलीमा हामफाले पछि........


फोटो :फाइल फोटो

नुवाकोट : एक दम्पत्तीले नुवाकोटको विदुर नगरपालिका–७ देवीघाटस्थित त्रिशूली नदीमा हामफालेका छन् । विदुर नपा–९ डिहीबजार घर भई विदुरमा पसल गर्दै आएका साधुराम सुनार र उनकी पत्नी लक्ष्मी सुनार बुनीबेसींस्थित त्रिशूली नदीमा हामफालेको स्थानीयबासीले बताएका छन् ।

नदीमाथिको पुलबाट महिला र पुरुषले हामफालेको खबर स्थानीयले दिएपछि प्रहरीले खोजी गर्ने क्रममा देवीघाट नजिकै चिसापानीमास्थित त्रिशूली नदी किनारमा ४७ वर्षीय सुनारको शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए ।


बेपत्ता रहेकी उनकी ४५ वर्षीया पत्नीको खोजी भइरहेको प्रनि अधिकारीले बताए । काठमाडाैंमा रहेका सुनारका छोरा राजुले बुवा साधुरामको शव पहिचान गरेको प्रहरीले जनाएको छ । उनले आमा लक्ष्मी नदीमा हराइरहेको जाहेरी प्रहरीलाई दिएका छन् ।

दम्पत्तीले त्रिशुलीमा हामफाल्नुको कारणबारे हालसम्म केही खुल्न नसकेको प्रनि अधिकारीले जानकारी दिए । 




प्रतिक्रिया दिनुहोस्...