बाबुरामलाई सुनिलको प्रश्नः कम्युनिष्ट भन्न लाज लाग्दैन?


 संविधानसभामा कांग्रेस एमालेले संविधान लेखनको प्रक्रिया शुरु गरेपछि आक्रोशित बनेका राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले महाभारतको प्रसंग धेरै पटक कोट्याए । उनले महाभारतकै उदाहरण दिँदै ठूला मिडिया समेत प्रयोग भएको आरोप लगाउँदै फेसबुक स्ट्याटस ने लेखे । तर उनको फेसबुक स्ट्याटसको जवाफमा तेश्रो लिङ्गी समूहका अभियान्ता एवं पूर्व सभाषद सुनिलबाबु पन्तले गम्भिर प्रश्न उठाएका छन् । उनको जवाफ जस्ताको तस्तैः

बाबुराम भट्टराइ जी,
तेस्रो लिङ्गिहरुलाई सदियौं देखि चलेको पितृसत्तात्मक राज्य सत्ता र समाजले आफूलाई आबश्यक पर्दा प्रयोग गर्ने त हो नि । माहाभारत कालमा द्रुपद राजाले आफ्नै सन्तान सिखण्डिलाई स्विकार गरेनन्, ‘अक्षम’ भने, पहिलो सन्तान भए पनि बंशको हक दिएनन्, अन्याय गरे र “सक्षम” सन्तानका लागि यज्ञ गरी दृष्टधुम्न र द्रौपदि जन्माए ।

माहाभारत यूद्धमा त्यहि पितृसत्ताका एकथरि प्रतिनिधिलाई लडाई जित्न तेस्रो लिङ्गि नभै भएन र निहत्था सिखण्डिलाई भिष्मको अगाडि उभ्याए । चाहियो, तेस्रो लिङ्गिलाई प्रयोग गर्यो, नचाहिदा, गालि-गलोज । यो निरन्तरता सदियौं देखी चलिरेहकै हो, जुन तपाईले पनि तेहि गर्दै हुनु हुन्छ, बाबुराम जी ।

अन्यायमा परेकाहरु तथा सर्वहाराका प्रतिनिधि भनेर आफूलाई भन्ने अनि माहाभारतको पाला देखिको अन्यायपूर्ण पितृसत्तातमक प्रबृतिलाई नै निरन्तरता दिई राख्ने, आफूलाई कम्युनिष्ट भन्न लाज लाग्दैन?

संबिधान सभाले संबिधान दिन नसक्नु तापाईहरुकै पितृसत्ताभित्रको जुङ्गाको लडाईले हो । त्येहि अन्यायपूर्ण पितृसत्तात्मक परिपाटिका तापाईहरु जस्ता पुरुष पर्तिनिधिहरुकै अकर्मण्यता हो आज नेपालले संबिधान नपाउनुको प्रमूख कारण पनि। हामीलाई न त सभामुख, न राष्ट्रपति, न प्रधानमन्त्री, न केपि ओली, न प्रचन्ड, न त तपाईको नामसंग नै जोडिनु छ ।

कमजोरी जति सबै तपाईहरुको अनि गालिखाने जति अन्यायमा परेका, राज्य सत्ता तथा स्रोतमा कुनै पंहुच नै नभएका तेस्रो लिङ्गिहरु, खवरदार हामीलाई तपाईहरु जस्ता कसैसंग पनि तुलना गर्नु भयो भने!!!

बाबुराम भट्टराईको स्ट्याटसः
पुरानो महाभारतमा द्रोणाचार्यलाई ढाल्न "...अशोत्थामा हतोहत:" को झुटो हल्ला पिटिएको थियो ! भीष्मलाई ढाल्न सिखण्डीको प्रयोग गरिएको थियो!! नयाँ महाभारतमा माओवादी-मधेशवादी-जनजातिलाई ढाल्न केही ठुला मिडिया/सामाजिक संजाल मार्फत अनर्गल प्रचार गरिएकोछ! सिखण्डीको ठाउँमा सभामुखलाई प्रयोग गरिएकोछ !

यो कस्तो संयोग !





प्रतिक्रिया दिनुहोस्...