आलियाको बिवाह प्रस्तावले रणबिर-कट्रिना सम्बन्ध धरापमा
केहि हप्ता पहिला आलियाले करन जोहरको शोमा आफु रणबिर कपुरसँग बिवाह गर्न चाहेको बताइए कि थिइन् । उनलाई कसैसँग कुनै फरक नपर्ने तर रणबिरले हुन्छ भने पुग्ने भनेकि थिइन् । साथै रणबिरले पनि आफ्नो आलिया प्रतिको इन्ट्रेस्ट देखाइ सकेका छन् । रणबिरले आलिया प्रति संकेत गर्दै भने ´ म आलिया सँग फिल्म खेल्न चाहान्छु । उनि मेहनति र ट्यालेन्ट छिन् ।´
आलिया र रणबिरले हालै एक विज्ञापनको सुटिङ्ग गरेका छन् । यस कुराको चर्चाले मिडमाया स्थान पाएको छ । साथै यि दुई विच नजिकिने क्रम वढाएको छ । यहाँ सम्म कि जब कट्रिना आफ्नो फिल्मको सुटिङ्गमा हुदा आलिया रणबिरसँग समय बिताउने गरेकि छिन् । रणबिर पनि आफ्नो पारिवारिक कार्यक्रममा आलियालाई बोलाउन बिर्सदैनन् ।
उनिहरु एक असल साथि हन् या अरुनै केहि । यि दुई विच के चलिरहेको छ त्यो उनिहरुनै जानुन् । तर यो कुरा भने स्पस्ट भएको छ कि आलियाको कुरालाई लिएर रणबिर कट्रिना विच सम्बन्ध चिसिएको छ ।
