आलियाको बिवाह प्रस्तावले रणबिर-कट्रिना सम्बन्ध धरापमा


ranbir alia katrinaएजेन्सी । कट्रिना केफ र रणबिर कपुर बलिउडका चर्चित जोडि हुन् । तर यि दुई विच खटपटि बढ्न  थालेको भारतिय सञ्चार माध्यमले जनाएको छ । यस समय कट्रिना आफ्नो फिल्म फिदो को सुटिङ्गमा व्यस्त रहेकि छिन् भने रणबिर पनि आफ्नै फिल्ममा  व्यस्त रहेका छन् ।  रणबिर र कट्रिना विच अर्की केटिको प्रसङ्गले  सम्बन्ध चिसिएको बुझिएको छ । भारतिय संचार माध्यमका अनुसार त्यो केटि अभिनेत्रि आलिया भट्ट हुन् । अहिले  रणबिर कपुर सँग आलियाको नजिकिदो क्रमले  कट्रिना हैरान भएकि छिन् ।
केहि हप्ता पहिला आलियाले करन जोहरको शोमा आफु रणबिर कपुरसँग बिवाह गर्न चाहेको बताइए कि थिइन् । उनलाई कसैसँग कुनै फरक नपर्ने तर रणबिरले हुन्छ भने पुग्ने भनेकि थिइन् । साथै रणबिरले पनि आफ्नो आलिया प्रतिको इन्ट्रेस्ट देखाइ सकेका छन् ।  रणबिरले आलिया प्रति संकेत गर्दै भने ´ म आलिया सँग फिल्म खेल्न चाहान्छु । उनि मेहनति र ट्यालेन्ट छिन् ।´
आलिया र रणबिरले हालै एक विज्ञापनको सुटिङ्ग  गरेका छन् । यस कुराको चर्चाले मिडमाया स्थान पाएको छ । साथै यि दुई विच नजिकिने क्रम   वढाएको छ । यहाँ सम्म कि जब कट्रिना आफ्नो फिल्मको सुटिङ्गमा हुदा  आलिया रणबिरसँग समय बिताउने गरेकि छिन् । रणबिर पनि आफ्नो पारिवारिक कार्यक्रममा आलियालाई  बोलाउन बिर्सदैनन्  ।
उनिहरु एक असल साथि हन् या अरुनै केहि । यि दुई विच के चलिरहेको छ त्यो उनिहरुनै जानुन् । तर यो कुरा भने स्पस्ट भएको छ कि आलियाको कुरालाई लिएर रणबिर कट्रिना विच सम्बन्ध चिसिएको छ ।





प्रतिक्रिया दिनुहोस्...