सी .के राउत पुन: पक्राउ


स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई आज(विहीबार) दिउँसो नेपाली प्रशासनले गैरकानुनी एवं विशेष अदालतको आदेश विपरीत पर्सा जिल्लाको बीरगंजबाट पक्राउ गरेको छ । -

आज बीरगंजको माईस्थानामा कार्यक्रमका लागि निर्माण गरिएको मञ्चलाई नेपाल प्रहरीले विहान ८ बजे तोडफोड गरेको थियो । दिउँसो १ः४५ बजे कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा संयोजक डा.राउतलाई कार्यक्रम स्थलबाट नेपाली पुलिस प्रशासनले गैरकानुनी तरिकाले पक्राउ गरेको छ भने कार्यकर्ताहरुमाथि बल प्रयोग गरिएको छ । डा.राउतलाई पक्राउ गर्ने क्रममा प्रहरीले कयौं राउण्ड आँशु ग्याँस फायर गरेको थियो भने लाठी चार्जबाट केही कार्यकर्ताहरु घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट खुट्टा भाँचिएका रामेश्वर साहसहितका घाइतेहरुको उपचार नारायणी अस्पतालमा हुँदैछ । पहिलो चरणको कार्यक्रम प्रहरीले बल प्रयोग गरी विथोले पछि पुनः कार्यक्रम गर्न लाग्दा करिब ४ बजे कार्यक्रम स्थलबाट विनय पंजियार, पवन मण्डल, सदाम हुसेन र विनोद परासलगायतका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको गैरकानुनी कदम र दमनलाई स्वतन्त्र मधेश गठबन्धनले घोर भत्र्सना गर्दछ । नेपाल प्रहरीले बिना कुनै कसुर पटक पटक पक्राउ गर्नु र छोड्नुले सम्पुर्ण मधेशी समुदायमा भयत्रासको वातावरण र्सिजना भएको छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (२) र (३) ले प्रदान गरेको व्यक्तिगत स्वतन्त्रता र शान्तिपुर्ण तवरले सभा सम्मेलन गर्न पाउने जनताको अधिकारमाथि आघात परेको छ । तसर्थ संयोजक डा.राउतसहित पक्राउ परेका कार्यकर्ताहरुको अवस्था तत्काल सार्बजनिक गर्न र रिहा गरी शान्तिपुर्ण तवरले राजनीतिक सभा सम्मेलन गर्ने अधिकार सुनिश्चित गर्न माग गर्दछौं । र, पत्रकार, मानवअधिकारकर्मीहरुलाई पनि सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।




प्रतिक्रिया दिनुहोस्...