टाटासुमो पल्‍टिँदा पाँचको ज्यान गयो, चालक फरार


हेटौंडाः काठमाडौंबाट हेटौंडा आउँदै गरेको टाटासुमो भीमफेदीको जुरिखेतमा सडकबाट पल्‍टिँदा एक बालकसहित पाँचजना यात्रुको ज्यान गएको छ।

ना१ज ४२७५ नम्बरको तामसालिङ टाटासुमो भीमफेदी–८ जुरीखेतमा सडकबाट एक सय २५ मिटर तल खोल्सामा खसेर दुर्घटनामा परेको हो । घटनापछि तत्कालै उद्धारकार्य थालिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएस्पी दीपक थापाले जानकारी दिए । शुक्रबार अपरान्ह ४ बजे भएको दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरी हेटौंडा अस्पताल ल्याइरहेको छ । काठमाडौंस्थित काउन्टरबाट छुट्दा २ बालबालिका र चालकसहित १२ जना यात्रारत थिए। मृतकको सनाखत हुनसकेको छैन। सुमोका चालक नवराज लामा दुर्घटनापछि प्रहरी सम्पर्कमा नआएको प्रहरीले बताएको छ ।




प्रतिक्रिया दिनुहोस्...