देशका लागि जन्मिएको म सँग युद्धको कुरै नगर्नु : रमेश खरेल


प्रहरी सेवाबाट सेलिब्रेटि बनेका एसएसपी रमेश खरेल अब म्युजिक भिडियोमा देखिने भएका छन् । निर्देशक दीपक खाँडको आग्रहलाई स्वीकार गर्दै खरेल एक राष्ट्रिय गीतको म्युजिक भिडियोमा अभिनय गर्न तयार भएका हुन् ।
ramesh-kharel1

खरेलले अभिनय गर्ने म्युजिक भिडियोमा अनु शाह र गायक भूवन प्यासीको अभिनय समेत रहने छ ।
राजधानीको प्रहरी प्रमुख हुँदा उच्च प्रहरी अधिकारी पावर सेन्टरमा ब्रिफकेश बोकेर धाउने गरेको भन्दै एक सार्वजनिक कार्यक्रममा भाषण गरेपछि कारबाही स्वरुप चितवन सरुवा भएका खरेलले अभिनय गरेको म्युजिक भिडियोको सुटिङ समेत चितवनमै भएको छ ।
ramesh-kharel2
म्युजिक भिडियोका केही दृश्यष् हेलिकप्टर मार्फत समेत खिचिएको निर्देशक खाँडले बताएका छन् ।
राष्ट्रिय गीत भएकाले रमेश खरेलले अभिनय गरेको निर्देशक खाँडले बताए ।
गीतका शब्द :
यो देशको लागि म जन्म लिएको हुँ
मसँग कसैले युद्धको अब कुरै नगर्नु
रात दिन मलाई चिन्ता यही देशको लाग्छ
केही नगरि म मरे भने पिरले मन पाक्छ ।






प्रतिक्रिया दिनुहोस्...