अमेरिका र चीनबीच युद्ध हुन सक्ने


 कच्चा तेलमा भैरहेको निरन्तरको अवमूल्यनले चीन र भारतबीच युद्ध हुने चेतावनी भारतका निवृत्त सैनिक अधिकारीले दिएका छन् । आइतबार भारतको लखनउमा आयोजित एक कार्यक्रममा पूर्व सैनिक अधिकारीहरुले चीन र अरव देशहरुले अव तेलको कारोबार अमेरिकी डलर भन्दा बैकल्पिक मुद्रामा होस् भन्ने प्रयासमा लागेका कारण यो अमेरिका र चीनको टकरावको कारण बन्न सक्ने चेतावनी दिएका हुन् ।

अमेरिकी डलरसँग तेलको सम्बन्ध तोड्न र अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्न चीनले कोशिस गरिरहेको आशंका अमेरिकालाई छ । उता अमेरिका पनि चीनसँग रहेको डलरको मूल्य कमजोर होस् र चीनको अर्थ ब्यवस्था खत्तम होस् भन्ने चाहाना राखेकाले यी २ देशबीच भिषण भिडन्त हुन सक्ने उनीहरुको भनाइ छ ।

भारतीय अधिकारीहरुले चीनले भारतमाथि आक्रमणको योजना बनाइरहेको आरोप पनि लगाएका छन् । सन् २०२० देखि २०६० सम्म एशियाका विभिन्न देशमा आक्रमण गर्ने योजनामा चीन रहेको र यस्ता देशमा जापान, भारत देखि रुस सम्म पर्न सक्ने उनीहरुको दावी छ ।





प्रतिक्रिया दिनुहोस्...