छ लाखभन्दा बढीको गहना लिएर श्रीमती अर्कैसँग भागेपछि..


 सिरहाको दक्षिणवर्ती गाविस हकपाडाकी एक महिलाले श्रीमान्को घरबाट करिब रु छ लाखभन्दा बढीको गरगहना लिएर अर्का केटासँग भागेकी छन् ।

हकपाडा–३ का जयराम यादवकी २० वर्षीया श्रीमती सुचिताकुमारी यादवले घरमा भएको सबै गरगहना लिएर सोही गाविस वडा नं ३ का सन्तोष यादवसँग टाप कसेकी हुन् । श्रीमतीले घरमा रहेको अन्दाजी रु छ लाखभन्दा बढीको गरगहना र रु ८१ हजार नगद लिएर अर्का केटासँग भागेको पीडित जयरामले जानकारी दिए ।


पीडित जयरामका अनुसार श्रीमती सुजिताले सुनका नौ तोला चार आना गरगहना, ९१ तोलाको दुईवटा चाँदीको हसुली, ४० तोलाको चाँदीको काँडा, आठ तोला चाँदीको पाउजु, १० तोला चाँदीको पाइत र रु ८१ हजार नगद लिएर भागेकी छन् ।

भएको सबै गरगहना लिएर श्रीमती फरार भएपछि आफूहरु समस्यामा परेको पीडित जयरामले बताए । उनले भने, “अर्का केटासँग किन भाग्यो मलाई केही थाहा छैन ।”

“सुचिता पहिलोपटक पुस १४ गते आफ्ना भाइलाई भेट्न लहान गएकी थिइन्, त्यहीबाट बेपत्ता भइन्”, सुजिताका श्रीमान् जयरामले भने, “त्यसपछि दिनरात खोजी गरेँ । जनकपुरमा रहेको थाहा पाएर त्यहाँ पुगेर घर ल्याएँ । तर फेरि माघ २ गते गरगहना र नगद लिएर फरार भइन् ।”

महदेवा पोर्ताहा गाविस–३ माइत भएकी सुजिताको विवाह जयरामसँग गत वर्ष माघ २० मा भएको थियो । जयराम सिरहा सदरमुकामस्थित निजी विद्यालयका शिक्षक हुन् । रासस





प्रतिक्रिया दिनुहोस्...