घुस लिँदालिँदै नयाँ बानेश्वर वृत्तका डीएसपी रंगेहात पक्राउ (भिडियोसहित)


काठमाडौं, माघ ८ । डियुटीमै रहेका बेला सेवाग्राहीसँग घुस लिँदैगर्दा नेपाल प्रहरीका एक अधिकृत रंगेहात पक्राउ परेका छन् । काठमाडौं नयाँ बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक रमेश तामाङ सेवाग्राही रामकृष्ण हुमागाइँबाट ५० हजार घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका हुन् । />आयोगको टोलीले डीएसपी तामाङलाई काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेस्टबाट रकम लिँदैगर्दा विहीबार पक्राउ गरेको हो । सेवाग्राहीको मुद्दा मिलाइदिन्छु भन्दै तामाङले घुस लिएको दाबी अख्तियारको छ । तर, अभियुक्त तामाङले भने आफूले सापटीका रुपमा रकम लिएको र आफूलाई फसाउन खोजिएको प्रतिक्रिया दिएका छन् । पक्राउ परेका तामाङलाई अख्तियारको हिरासतमा राखिएको छ ।




प्रतिक्रिया दिनुहोस्...