दुलही लिएर फर्किंदै गरेको बस दुर्घटना हुँदा बालिकाको मृत्यु, १९ घाइते
दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरुको स्थानीय छोरोल्पा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दोलखाको मिर्गेबाट रामेछापको बेताली जाँदै गरेको ना२ख ६५७९ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।
