दुलही लिएर फर्किंदै गरेको बस दुर्घटना हुँदा बालिकाको मृत्यु, १९ घाइते



basdurghtnaदोलखा, माघ १७ । दोलखाको मिर्गे गाविस वडा नम्बर २ जोइमाला भन्ने ठाउँमा जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । ४ वर्षीया बालिका कृतिका खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेहरुको स्थानीय छोरोल्पा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दोलखाको मिर्गेबाट रामेछापको बेताली जाँदै गरेको ना२ख ६५७९ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्...