गांजा सेवन गरेका एक नेपालीलाई पक्राउ गरी स्वदेश फिर्ता


डम्बर सुब्बा , दक्षिण कोरिया !
ईपीएस मार्फत गत जनवरी ५ तारिख कोरिया आई ओसानको एक कम्पनीमा कार्यरत पोखरा निवासी कार्की नाम गरेको एक नेपालीलाई गांजा सेवन गरेको अनुसन्धानमा प्रमाणित भएपछि आज सुवनको नामदोङ्ग प्रहरी कार्यलय र अध्यागमन कार्यलयले संयुक्त रुपमा पक्राउ गरि स्वदेश फिर्ता गराएको छ ।

पहिलो पल्ट ईपीएस मार्फत कोरिया आएपछि एयरपोर्ट देखि सिधै टेनिङ्ग सेन्टरमा लगी विदेशी श्रमिकहरुले २ रात ३ दिन सम्म विभिन्न किसिमका प्रशिक्षण र स्वास्थ्य परिक्षण गर्ने गर्दछ । कार्कीको स्वास्थ्य परिक्षणको क्रममा रगत चेक गर्दा गांजा सेवन गरेको पत्ता लागेको थियो ।

ईपीएस अन्र्तगत २०१५ सालको पहिलो कोटामा परेको कार्कीले नेपालमा गांजा सेवन गर्दे आएको र कोरियामा आउने पहिलो दिन पनि नेपालमा गांजा सेवन गरेको छानविनको क्रममा प्रहरीलाई बताएका थिए ।

लागु पदार्थ सेवनको लत परेका युवाहरु पनि ईपीएस मार्फत कोरिया आउन थालेका छन । केहि महिना अघि पनि दुई जान नेपालीलाई गांजा सेवन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका थिए । ती दुई जना नेपालीले पनि नेपालमा गांजा सेवन गरेता पनि कोरियामा आएपछि नगरेको बताएका थिए ।

श्रोत : नेपाली कोरिया 





प्रतिक्रिया दिनुहोस्...