सबैका श्रीमतिहरू यसै गर्छन? आहा कस्तो माँया श्रीमति को!!


सामुन्यमा िबशाल समुन्द्र थियो किनारमा सयौँ को सँख्यामा अर्धनग्न युवायुवति हरुको चहलपहल थियो कोहि पौडदै त कोहि बिभिन्न खेल खेल्दै थिए म भने तिनै भिडको छेउैमा रहेको रेष्टुरेण्टमा बसि अर्डर गरेको कफिको प्रतिक्षा सँगै यो सब नियाल्दै थिँए एक १८-२० बर्ष कि युबति हातमा कफि सहितको ट्रे लियर मेरो छेउैमा आइन र बोल्न खोज्दै थिइन्
 एक्कासि ठुलो आवाज आयो -“हैन अजसम्म सुतिराछौ उठ्ने होइन म झसन्गँ बिउझिएँ यताउति हेरे मत मेरै ओछ्यानमा पो रैछु यो सब सपना पो रहेछ “ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो।” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट पोखियो,” शरीर भित्रको toxins हरु पखालिन्छ, बोसो पगाल्छ तातो पानीले , कहिल्यै रामदेव हेरे पो थाहा हुन्छ,

 टि.भी खोल्यो भने कि नेताहरूले कुर्सिहानेको र आन्दोलन की क्रीकेट अनि कताबाट उम्रिन्छ त ज्ञान-गुनका कुरा दिमागमा ?” यस्तै फत्फताउदै तातो पानी खाट नजिकैको टेबलमा राखेर भान्छा तिर सवारी भयो गृहमन्त्री को | मेरो ओठ खुशीले मुसुक्क मुस्कुरायो | बिद्यार्थीलाई गोरुधुलाई गर्ने मास्टरले कक्षामा पाठ नगर्नेलाई लस्करै पिट्दै गर्दा, अचनाक आफ्नो पालो आगाडी नै पियुन दाइले घन्टी बजाउँदा ” लौ बचियो आज ” भनेजस्तै हुन्थ्यो, श्रीमतीले मलाई कोठामा एक्लै छोडेर जाँदा,चाहे त्यो १० इन्चीको भित्तापारीको भान्छामा नै किन नहोस् । कहिले काहीँ यस्तो लाग्छ मानौं म ज्वरोले इन्तु न चिन्तु भएको तर पनि तितो सिटामोल खान नमान्ने दुई बर्षे बालाख हुँ,

 अनि उनि मेरी आमा ,तातोपानीले शरीरमा के गर्छ मलाई थाहा छैन, तर पनि बिहान बिहान अलि अलि गर्दै घाँटिमा एक गिलास तातो पानि खोत्याउनु मेरो बाध्यता हो | त्यति नगरी खाना त के चिया समेत पाइँदैन | भक्तहरुले बरदान पाउने आशामा कठिन तपस्या गरेजस्तै, खल्लो तातो पानि आन्द्रामा बगाउनु मेरो तपस्या थियो , उनि मेरी भगवान थिईन, चिया मेरो बरदान,यसरी नै दिन बढ्दै थिए सँगसँगै दुरभाग्यबस मेरो भुँडिको गोलाई पनि,मेरो मनमा एक रत्ति पनि बिश्वाश थिएन कि बिहान-बिहान तातो पानी पिएर घ्यम्पो जस्तो पेट घट्छ भन्ने कुरामा | यदि यो साँचो हुँदो हो त भैंसी किन मोटा हुन्थे ?

 डुँड भरी तातो कुँडो पिउने गाई-भैंसी त स्याल जस्तो हुनुपर्थ्यो, तातो पानी नपिउने घोडा-गधाहरु चैं गैँडा जत्रो हुनुपर्थ्यो | सधैं चियापान समारोहामा मात्रै ब्यस्त हुने हाम्रा नेताका भुँडि किन त्यति ठुला ? आखिर चिया पनि एक प्रकारको तातो पानी नै त हो नी एकदिन ठुलै हिम्मत अनि आँट बटुलेर अब देखी म बिहान-बिहान तातो पानी नपिउने निर्णय गरेको कुरा आजकै दिनमा श्रीमतीलाई सुनाउने दृढ अठोट गरें हदै होला एकछिन रिसाउली, साह्रै गरिछे भनी एक कुचो झटार्ली, ढुङ्गा-मुढा अनी डाडु-पनियो कुर्सि टिपेर झटारो त पक्कै पनि गर्दिन होली, सासु-ससुरा गौरवशाली-क्रान्तिकारी नेता भएका भए त त्यै पनि बेर थिएन तर ससुराली खलक जम्मै गाँउसमाज मैं कृषि र मास्टरी पेसामा थिए। यस्तै सोच्दा सोच्दै उनि कोठा भित्र टप्लक्कल टुपुल्कियिन। मैले बिनम्रतापुर्बक भने – ” हेर बुडी, अब देखि म तातो पानी पीउँदिन है !

 खै यो भुँडि घट्ला भन्दा त झन् बढेको बढ्यै भयो, नाइटो र मेरुदण्डको बिचमा हावा भरेको भकुण्डो जस्तो फुलेको फुल्यै छ “युद्धमा पराजय सुइकार गरे जसरि उनि एक्कासी मलिन हुँदै , मसिनो बोलीले भनिन – ” हो बुढा, तिम्रो कुरा ठिक हो। “आफ्नो पीडाको सुनुवाई भयकोमा यता भने युद्ध जिते जत्तिकै मन खुशी ले गदगद भयो तर यो क्षणको आभास पुरा हुन नपाउदै,,यतिकैमा उनको बाक्य तन्कियो – ” एक गिलास तातोपानीले तिमीलाई नछुने रैछ, भोलि देखि तिमीलाई दुई गिलास, अनि प्रणायाम, अनुलोम-बिलोम, योगा पनि गर | अबदेखि यति गर्नु भन्दा पहिला चिया मात्रै खायौ भने फेरी …..” भन्दै दह्रो मुड्की कसेर मेरो चुच्चो नाक तिर तेर्साइ स्वभाबिक माया दर्शाइन! मैले पनि लुत्रुक्क परेर सहमतिको मुन्टो हल्लाउदै फेरी एक गिलास तातोपानी मेरो भकुन्डे भुँडीभित्र खन्याँए र लागे योगा गर्नतिर,,
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।




प्रतिक्रिया दिनुहोस्...