संविधानसभा बैठकमा आजपनि नाराबाजी


काठमाडौं, माघ ८ । संविधानसभाको बैठकमा विहीबार (आज) पनि विपक्षी सभासदहरुले अवरोध गरेका छन् ।

केहीबेरअघि सुरु भएको संविधानसभा बैठकमा विपक्षीहरुले नाराबाजी गर्दै अवरोध गरिरहेका छन् ।

एकीकृत माओवादीसहितका विपक्षी मोर्चाका सभासदहरुले ‘रोष्ट्रम’ अगाडि उभिएर नाराबाजी गरेपछि संविधानसभा बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। आजको बैठकमा प्रश्नावली निर्माण समिति गठनको प्रस्ताव गर्ने कार्यसूची छ ।

यसअघि बुधबार पनि विपक्षीहरुको अवरोधका कारण संविधानसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । माघ ५ गते मध्यरातमा एकीकृत माओवादीसहितका विपक्षी सभासदहरुले ‘तान्डव’ देखाएपछि संविधानसभाको बैठक रोकिएको रोकियै छ ।





प्रतिक्रिया दिनुहोस्...