इटाली जान अब काठमाडौंबाटै भिसा निवेदन दिन सकिने


काठमाडौं, माघ ८ । इटाली जानका लागि अब भिसा आवेदन काठमाडौबाटै दिन सकिने भएको छ ।

भारतको कलकत्तामा रहेको इटालीको महावाणिज्यदूतले काठमाडौंबाट भिसा आवेदन दिन सक्ने जनाएको हो । इटालीले काठमाडौंस्थित भीएफएस ग्लोबलमा भिसा आवेदन केन्द्र स्थापना गरेको छ । भिसा आवेदन केन्द्रको बुधबार कलकत्तास्थित इटालीका महावाणिज्यदूत सिसार बेलरले उद्घाटन गरे । /> काठमाडौंबाट भिसा आवेदन दिँदा बढीमा १० दिनमा आवेदकले आफ्नो पासपोर्ट प्राप्त गर्ने महावाणिज्यदूत बेलरले बताए । भारतमार्फत् आवेदन दिँदा समय बढी लागेको भन्ने गुनासो आएपछि नेपालबाटै भिसा आवेदन दिन सकिने व्यवस्था गरेको उनले उल्लेख गरे । आगामी मे १ देखि अक्टुबर ३१ तारिखसम्म इटालीमा हुने ‘मिलान एक्स्पो २०१५’ मा उल्लेख्य मात्रामा नेपालीको पनि सहभागिता रहने विश्वास बेलरको छ ।




प्रतिक्रिया दिनुहोस्...