प्रचण्डले लन्च ब्रेक पनि लिएनन्


काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार बिहानदेखि दिनभर संविधानसभा भवन नयाँ बानेश्वरमा व्यस्त छन्।
 
बिहान साढे आठ बजे नै सिंहदरबार छिरेका प्रचण्ड शीर्ष बैठक सकिएपछि खाना खान पनि निवास गएनन् । घरबाट खाना मगाएर उनले संविधानसभा भवनमै खाए।साढे आठ बजे सुरु भएको संविधानसभाको बैठकमा केहीछिन सहभागी भएपछि उनी सभामुखको च्याम्बरमा सुरु भएको शीर्ष बैठकमा सहभागी भएका थिए।
 
साढे १२ बजे शीर्ष बैठक स्थगित भएपछि प्रधानमन्त्री तथा अन्य दलका नेताहरु लन्च बे्रकका लागि बाहिरिएका थिए। तर प्रचण्ड भने संविधानसभा भवनमै रहेर मधेसी मोर्चासँग वार्ता थालेका थिए। सबा तीन बजे प्रचण्ड फेरी शीर्ष बैठकमा सहभागी भए। यसबीच पनि उनी संविधानसभा भवनमै विभिन्न दलका नेताहरुसँग भेटेर वा टेलिफोनबाट अनौपचारिक वार्ता गरेका थिए। 
 
बैठकमा सहभागी एक सदस्यले भने, 'छलफललाई निश्कर्षमा पुर्याउनका लागि प्रचण्ड आज धेरै गम्भीर देखिएका छन्।' शनिबार पनि प्रचण्डले घरबाट खान मगाएर स‌ंविधानसभा भवनमै खाएका थिए र  दिनभर नयाँ बानेश्‍वरमै व्‍यस्त रहे।






प्रतिक्रिया दिनुहोस्...