‘डन’ गणेश लामालाई भाषण गर्न भ्याइनभ्याइ


फोटो :श्रीराम केसी (अन्य अतिथिसँगै लोहोछार मनाउने कार्यक्रममा सहभागी गणेश लामा)
अन्जान र बाध्यतामा भएका गल्तीलार्इ लिएर दु:ख दिइयो
काभ्रे : ‘डन’ गणेश लामा अहिले समाजिक र राजनीतिक कार्यक्रममा व्यस्त हुन थालेका छन् । जिल्लाका विभिन्न स्थानमा राजनीतिक भाषणदेखि लिएर दुर्गम गाउँका समस्या बुझ्न उनी कुदिरहन्छन् ।
 
सोनाम ल्लोछारको अवसमा  तामाङ्ग घेदुङ संघ ढङ्गखर्कले गरेको शुभकामना आर्दान कार्यक्रममा विशिष्ठ अतिथीका रुपमा सम्बोधन गर्न भ्याए । 


‘जवानीको जोश र अल्लारे उमेरमा गरेको कामलाई राज्यले सधैँ एउटै नजरले हेरिरहन्छ’, लामाले सम्बोधन गर्दै भने, ‘गल्ती त जो कोहीबाट पनि हुन्छ, तर अन्जान र बाध्यतामा भएका गल्तीलाई लिएर बारम्बार सताउने भन्दा सुध्रने मौका दिनुपर्छ’ । 

लामा पछिल्लो समय जिल्लाका सामुदायिक विद्यालयहरु, विकट गाविसका समस्या बुझन र राजनीतिक कार्यक्रममा सहभागिता जनाउन दौडधुप गर्न थोलेका छन् । लामा दोस्रो संविधानसभाको निर्माचनमा काभ्रे २ मा फोरम लोकतान्त्रिकबाट उम्मेदवार थिए । लामा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत हुन् ।

कार्यक्रमहरुमा बोल्दै लामाले आफलाई सञ्चारमाध्यमले डन भनेको कुरा गलत भएको बताए । बाध्यतामा परेर विगतमा गरेका गल्ती देखाए बारम्वार गलत सावित नगर्न समेत उनले आग्रह गरेका छन् । 
 
‘अवसर र मौका नपाएकैले तामाङ समुदाय तल्लो दर्जाको काम गर्न बाध्य भएको बताउँदै उनले खराव आचरण र व्यहार भएको व्यक्तिका रुपमा आफूलाई हेरिएकाले त्यस विरुद्ध निरन्तर लडिरहने बताए ।

कार्यक्रममा नौ गाविसबाट आएका तमाङ्गहरुले सोनाम लोच्छार आदानप्रदान गरी सांस्कृतिक कार्यक्रमका साथ मनाएका थिए ।






प्रतिक्रिया दिनुहोस्...