२५ लाख चिठ्ठाको म्यासेजले डुबायो


काठमाडौ : पेशाले ट्याक्सी चालक रहेका काभ्रे सिपालीका मदन तामाङको मोवाइलमा २५ लाख चिठ्ठा परेको म्यासेज आयो । 
 
हिन्दी भाषामा लेखिएको म्यासेजसँगै चिठ्ठा परेकोमा बधाइ समेत पाए तामाङले । शुरुमा त मदनले चिठ्ठा परेको कुरा पत्याएनन । तर, म्यासेज गर्ने व्यक्तिले चिठ्ठा परेको भन्दै तामाङको सिमको पछाडी रहेको सिरियल नम्वर समेत पठाए पछि उनी विश्वास गर्न बाध्य भए ।
 
 उक्त रकम पाउन शुरुमा एभरेष्ट बैंकको खाता नं.००२०००५०१२०७८९५ मा रकम जम्मा गर्नु भने पछि तामाङले सोही वमोजिम उक्त खातामा पटक पटक गरी १ लाख १५ हजार रुपयाँ समेत जम्मा गरे ।
 
 जव म्यासेज गर्ने व्यक्तिले उक्त खातामा रकम जम्मा गरेको भौचार च्यातेर मोवाइलको इनवक्समा भएको म्यासेज हटाउन भने त्यस पछ पछि मात्र तामाङले आफु ठगिएको थाहा पाए । 
 
तामाङको उजुरीमा महानगरिय अपराध महाशाखाले चिठ्ठा परेको भन्दै ठगी गर्ने एक नेपाली सहित दुइ जना पाकिस्तानी नागरिकलाई पक्राउ गर्‍यो ।
 पक्राउ पर्नेमा खातावाला कैलाली फुलवारीका तेज प्रसाद उप्रेती सहित पाकिस्तानी नागरिकहरु अली शेर र मोहम्मद इसाक खान रहेका छन । उप्रतीको बयानका आधारमा प्रहरीले ती दुइ पाकिस्तानीलाई पक्राउ गरेको हो । 
 
दुइ पाकिस्तानीले उप्रेतीको खातामा पैसा राख्न लगाउने र झिक्न लगाएको प्रहरीले वताएको छ । ती पाकिस्तानीले दूइ-दुइवटा राहदानी बोकेको छन । प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाएको छ । उनीहरु बारे थप 





प्रतिक्रिया दिनुहोस्...