तीन वर्षीय बालकले गर्भवती आमा र बुवामाथि गोली हाने पछि …


एक तीन वर्षीय बालकले न्यू मैक्सिकोको अल्बुकर्कस्थित एक होटलको रुममा आफ्नी गर्भवती आमा र बुवामाथि गोली हानेका छन् । द इन्डिपेन्डेन्टका अनुसार आमाको पर्समा राखिएको लोड गरिएको हेन्डगन निकालेर ती बालकले पहिले बाबुको शरीरको पछाडिको पिठ भन्दा मुनिको भागमा गोली हानेका थिए ।
बालकले प्रहार गरेको गोलीले उनको बुवाको शरिर छेड्दै आमाको काँधमा गएर लागेको थियो । प्रहरीका अनुसार घटनापछि ती आमा बुवालार्इ नजिकैको अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।
बुवाको अपरेसन गरिएपनि गोली प्रहार गर्ने ३ वर्षीय बालककी आमा र उनको पेटमा रहेको बच्चाको अवस्थाबारेमा चिकित्सकले केही भनेका छैनन् । चिकित्सकहरुले आमा बच्चाको अवस्था स्थिर रहेको बताएपनि अन्य जानकारी दिन मानेका छैनन् ।
3_year_child_fir_bullete_his_mumगोली चलेका बेला सोही होटलमा रहेका रब रोबिल्लर्डले घटनाबारे जानकारी गराउँदै तीन वर्षीय बालकले गोली हानेको कुरा डरलाग्दो भएको प्रतिक्रिया दिए ।
‘गोली चलिसकेपछि म होटलको रुमबाट बाहिर आएर कम्पाउन्डमा हेर्दा पुलिस अधिकारीहरु कारसहित तैनाथ भइसकेका रहेछन्’, उनले स्थानीय सञ्चारमाध्यमलार्इ भने, ‘म सबै नागरिकले बन्दुक राख्न पाउने अधिकार स्वीकार्छु । तर बालबच्चा वरीपरी भएको अवस्थामा बन्दुकलार्इ सधैं लक गरेर बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्नेमा मेरो जोड छ ।’
गोली चलेको कोठामा अर्की २ वर्षीय बालिका समेत पुलिसले फेला पारेको थियो । तर उनी भने सकुशल रहेकी छन् । गोली हान्ने तीन वर्षीय बालकलार्इ भने त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर कम्तिमा ४८ घण्टाका लागि बालबालिका, युवा र परिवार विभागको हिरासतमा राखेको छ।
प्रहरीले बालकका बुवा आमालार्इ गोली भरेको बन्दुक बालकले भेट्ने स्थानमा राखेर खेलाउन दिएर अपराध गरेको मुद्दा चलाउन सक्ने त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँस्थित डिस्ट्रिक एटोर्नी जनरलको कार्यालयले ती बुवा आमाविरुद्द बन्दुक जथाभावी राखेको अभियोगमा मुद्दा अघि बढाउने भएको छ ।
यसअघि पनि गत डिसेम्बरमा पनि एक दुर्इ वर्षीय बालकले २९ वर्षीय एक आमामाथि गोली हानी गम्भीर घाइते बनाएका थिए । उनले आमाले ब्यागमा राखेको बन्दुक निकालेर प्रहार गरेका थिए । -एजेन्सी 






प्रतिक्रिया दिनुहोस्...