सनराईज बैंकका सुरक्षा गार्डको घाटी रेटेर हत्या
उदयपुर, माघ २० । उदयपुरको त्रियुगा नगरपालिका–११ को उदयपुर सिमेन्ट कारखाना परिसरमा रहेको सनराईज बैकंका सुरक्षा गार्ड ५१ बर्षीय खेम बानियांको घाटी रेटेर हत्या गरिएको छ ।
आज बिहान बैकं नखुलेपछि उनको खोजी गर्दा बैंकको बाथरुममा मृत शरीर भेटिएको थियो ।
बैंक लुट्ने प्रयास स्वरुप उनको हत्या गरिएको आशंका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङ्ले गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।