पेट्रोलियम पदार्थको भाउ फेरि घट्यो


काठमाडौं, माघ १९ - नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको भाउ घटाएको छ । सोमबार मध्यरातीदेखि लागू हुने गरी आयल निगमले पेट्रोलमा प्रति लिटर साढे २ रुपैयाँ भाउ घटाएको छ ।
यस्तै मट्टितेल र डिजेलको मुल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । नयाँ मुल्य अनुसार अब पेट्रोल लिटरको १ सय ९ रुपैयाँ पर्ने छ ।
यस्तै मट्टितेल र डिजेलको मुल्य भने लिटरको साढे ८६ रुपैयाँ पर्ने छ । नेपाल आयल निगमले स्वचालित मुल्य लागू गरी हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार पेट्रोलियम पदार्थको भाउ समायोजन गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्...