यौनक्षमता बढाउँन सहयोग यी खानेकुरा


यौनक्षमता स्वस्थ व्यक्तिको पहिचान हो । त्यसैले मानिसले यौनक्षमतालाई चुस्त राख्न अनेक प्रयत्नहरु गरि रहेका हुनछन् त्यसमा धेरै कुराहरु पर्छन, जस्तै नियमित व्यायम, खेल्कुद, स्वस्थ मस्तिस्कका साथै सन्तुलित भोजन |
स्वस्थ मानिस जुनसुकै बेला यौनक्षमता राख्न सक्छ । त्यसैले यी बाहेक अन्य धेरै कुराहरुमा उसले ध्यान पुर्याउनु पर्ने हुन्छ |
त्यस्तै आजको नयाँपत्रिकामा यौनक्षमता बढाउँन सहयोग पुर्याउने केहि खानेकुराको चर्चा गरिएको छ जसले यौनक्षमता बढाउँन मात्र नभई हाम्रो शरीरलाई स्वस्थ बनाउँन समेत सहयोग गर्दछ |
हेरौ ति के के रहेछन :
– केरामा पाइनेभिठामिन ए, बी, सी, पोटासियमलगायत तत्वले शरीरमा सेक्स हर्मोनको उत्पादन गर्न सहयोग गर्छन् ।
– आदिवासी थारु समुदायले खाने घुँघीले पनि यौनक्षमता बढाउन सघाउ पुर्याउँछ । खासगरी यस्ता प्रजातिका अन्य सी–फुडको सेवनले पनि मानिसको यौक्षमतामा वृद्वि गर्छ ।
– वाइनको सेवनले महिला र पुरुष दुवैमा कामवासना तथा यौनक्षमता वृद्वि गर्छ ।
– लसुनको नियमित सेवनले पनि कामवासना वृद्वि गर्न मद्दत गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा सघाउ पुर्याउँछ ।
– कुरिलो अन्य दृष्टिकोणले मात्रै होइन, यौनिक क्षमता वृद्विका दृष्टिकोणले पनि पौष्टिक तरकारी हो । यसमा विभिन्न भिटामिन पाइनुका साथै पोटासियम पनि पाइन्छ । यसरी शरीरमा रक्तसञ्चार सन्तुलित गराउँछ ।
– चकलेटले पनि मानिसको यौनक्षमता वृद्वि गर्न सहयोग पुर्याउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले शरीरमा ऊर्जा बढाउनुका साथै चरम आनन्दप्राप्तिमा सहयोग पुर्याउँछ ।
– तुलसीको पातको सर नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्वि हुन्छ ।
– खुर्सानीको सेवनले पनि मानिसमा यौनक्षमता वृद्वि गर्ने विभिन्न अध्ययनले देखाएको छ । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा सघाउ पुर्याउँछ ।






प्रतिक्रिया दिनुहोस्...