गुडिरहेको बसमा पेट्रोल बम प्रहार, ७ जना जिउँदै जले


 बङ्गलादेशमा विपक्षीहरुले जारी राखेको आन्दोलन विगत महिना दिनयतादेखि जारी रहेको छ । पछिल्लो समयमा सो आन्दोलन हिंसात्मक बनिरहेको छ ।

सरकारले सो आन्दोलन हिंसात्मक भएको भन्दै आन्दोलनकारीमाथि कारबाही गर्ने जनाइरहेका बेला मङ्गलबार त्यहाँका आन्दोलनकारीहरुले गुडिरहेको बसमा बमहानी कम्तीमा सातजनाको हत्या गरेका छन् ।

हप्तादिनभन्दा लामो समयदेखि जारी रहेको आम हड्तालका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । सो हड्तालमा सवारी नचलाउन विपक्षी आन्दोलनकारीरुले आह्वान गरिरहेका छन् ।

आम हड्तालमा बस चलाएको भन्दै मङ्गलबार बिहान एक बसमाथि बम हानिएको छ । सो बम लागेर उक्त बसमा रहेकामध्ये सातजनाको ज्यान गएको छ ।
बसमा रहेका सातजनाको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सो सो बसमा रहेका अरु १६ जना जलेर घाइते भएका छन् ।

बङ्गलादेशको पूर्वी कोमिल्ला जिल्लामा सो घटना भएको हो । सो जिल्लामा मङ्गलबार बिहान गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरिएको थियो ।  स्थानीय प्रहरी अधिकारीकाअनुसार उक्त जिल्लामा पनि प्रहरीले आम हड्ताल जारी राखेका छन् । उनीहरुले कुनैपनि सवारी साधन नचलाउन धम्की दिइरहेका छन् ।

घाइते भएका ११ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई राजधानी ढाकामा रहेको ढाका मेडिकल कलेजमा भर्ना गरिएको छ । विपक्षी नेत्री एवम् पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको दलले बङ्गलादेशमा विगत करिब महिनादिनदेखि नै आम हड्ताल जारी राखेको छ ।

गत जनवरी ५ तारिखदेखि जारी राखिएको भनिएको सो हड्तालका कारण त्यहाँको जनजीवन अस्तव्यस्त रहेको बताइएको छ । विपक्षीहरुले जबर्जस्ती बन्द गराउँदै हिँडीरहेका प्रहरीले बताएको छ । वर्तमान प्रधानमन्त्री शेख हसिना सत्तामा आउनेगरी भएको आमनिर्वाचन स्वच्छ र निश्पक्ष रुपमा हुन नसकेको भन्दै विपक्षी दलले सो निर्वाचन बहिस्कार गरेका थिए ।

सो आमनिर्वाचनको पहिलो वर्षदिन पूरा भएको अवसर पारेर विपक्षी दलले गत जनवरी महिनाको पहिलो हप्तादेखि सो आन्दोलन सुरु गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्...