सेक्सको खोजीमा हुने महिला रातो लुगा लगाउँछन !


काठमाडौं, यदि तपाइँ रंगिन मिजासको हुनुहुन्छ र तपाइँ जिवनलाइ एक रस जस्तै गरि हेर्नुहुन्छ भने यो खबर तपाइँका लागी हो । जो महिलाहरू सेक्सको खोजीमा रहने गर्दछन, उनीहरू रातो रंगको कपडा लगाउने गर्दछन । यो कुरा हामीले भनेका हैनौं । हालै गरिएको एक अध्ययनबाट यो कुराको खुलासा भएको हो । जो महिलाहरू शारीरिक सम्बन्ध बनाउनका लागी इच्छुक हुन्छन, उनीहरू रातो रंगको कपडा लगाउँदछन । यस अघि गरिएका सर्वेहरू अनुसार, रातो पहिरनमा सजिएका महिलाहरूलाइ पुरुष सेक्सका हिसाबले निकै आकर्षक मान्दछन । महिलाहरूका अनुसार भने सामाजिक जमघटहरूमा रातो रंगको कपडा लगाएपछि उनीहरू खतरा महसूस गर्दछन । उनीहरूले के भनेका छन भने सेक्सको खोजीमा महिलाहरू रातो रंगको परिधानमा रहने गर्दछन ।
न्यूयोर्कमा रोचेस्टर यूनिभर्सिटी, स्लोभाकियाको ट्रनाभा यूनिभर्सिटी र स्लोभाक एकेडमी अफ साइन्सेसका रिसचर्सले भनेका छन कि, ‘ यदि तपाइँ रातो रंगको परिधानमा हुनुहुन्छ भने अन्य महिलाहरू तपाइँलाइ संकास्पद दृष्टिले हेर्दछन । यो हरेक अस्थामा भने हुँदैन, तर अन्य महिला र पुरूषहरूको संकेतबाट भने सावधान रहनुस कि तपाइँ सेक्समा रुचि लिनु हुन्छ ।
कुनै आकर्षक पुरुषका साथमा भेटनका लागी महिलाहरू रातो रंगको सर्ट लगाउन मन पराउँदछन, तर मन पर्ने पुरुष संग भेट्दा भने उनीहरू यस्तो गर्दैनन । तीन वटा अनुसन्धानमा रिसचर्सले यो कुरा पत्ता लगाउनका लागी सहकार्य गरेका थिए कि रातो रंगबाट महिलाहरूलाइ के संकेत मिल्दछ । पहिलो प्रयोगमा के पाइयो भने महिलाहरू अन्य महिलाहरूलाइ रातो रंगको कपडामा सजिएको देख्दा सेतो तथा अन्य कपडा लगाएकी महिलाको तुलनामा उनलाइ सेक्सका लागी धेरै ‘आतुर’ रहेको मान्दछन ।






प्रतिक्रिया दिनुहोस्...