लागूपदार्थ सेवन गरेपछि कोरियाबाट फिर्ता


दक्षिण कोरिया : लागूपदार्थ सेवन गरेको पुष्टि भएपछि कोरियाको अध्यागमन विभागले एक नेपालीलाई नेपाल फि र्ता पठाएको छ। 
 
पर्वत घर भएका २४ वर्षीय कुशल गुरु ङ (नाम परिवर्तन ) लाई यहाँ आएको एक महिनामै नेपाल फर्काइएको हो। 
 
डिसेम्बर १७ मा आएका उनको ट्रेनिङ सेन्टरमा लिइएको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई सातापछि मात्रै कम्पनीमा पुगेको थियो। प्राप्त रिपोर्ट कम्पनीले अध्यागमन विभागलाई बुझाएको थियो। 
 
सोही रिपोर्टका आधारमा गुरुङलाई लागूपदार्थ सेवन गरेको भन्दै विभागले पक्राउ गरेको थियो। नेपाली साथीको रोहबरमा उनले लागूपदार्थ सेवन नगर्ने प्रतिबद्धता गरे पनि गिरफ्तार गरिएको सोही कम्पनीमा कार्यरत एक नेपालीले जनाए। 
 
कोरिया आउने अघिल्लो दिनसम्म उनले लागूपदार्थ सेवन गरेको स्वीकारेका थिए। १७ दिन हिरासतमा राखेर उनलाई नेपाल पठाइएको हो। उनले १३ दिन कम्पनीमा काम गरेका थिए। 
 
कामगरेबापतको रकममा साथीहरूले थपेर धरौटीबापत आठ लाख वन अध्यागमन विभागलाई बुझाएपछि उनलाई नेपाल पठाइएको हो। 
 
गुरुङले डिसेम्बर १९ देखि कम्पनीमा काम थालेका थिए। किम्मे साम्गोदोंगस्थित सिन्हुन ग्लोबल कम्पनीमा उनी काम गर्न आएका थिए। फर्निचरको कार्य हुने उक्त कम्पनीमा आठजना नेपाली कार्यरत छन्। 
 
यसअघि दुव्‍यवसनी पुष्टि भएका दुई नेपालीलाई पनि कोरियाले नेपाल फिर्ता पठाएको थियो। अध्यागमन विभाग र दुव्र्यसनीले दूतावासमा जानकारी नगराउने हुँदा यही कारण नेपाल फर्काइएको तथ्यांक दूतावासमा नरहेको उपनियोग प्रमुख राजाराम बर्तौलाले जानकारी दिए। 






प्रतिक्रिया दिनुहोस्...