शिक्षकले अनैतिक फोटो फेसबुकमा राखेपछि…


 सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा अवस्थित इन्द्रेश्वरी उमाविको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत केहि शिक्षकले अनैतिक फोटो राखेको भन्दै क्याम्पस प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । sikshklefbma
आज इन्द्रेश्वरी क्याम्पस र इन्द्रावती क्याम्पसका विद्यार्थीले क्याम्पस प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन् ।
विद्यालयको शिक्षक जस्तो मर्यादित र प्रतिष्ठित पेसामा लागेको व्यक्तिबाट खुल्ला राजनीतिक विषय वस्तुलाई अतिरञ्जित गरी घृणित व्यवहार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदर्शन गरेको भन्दै सोही विद्यालयका शिक्षक ठाकुरप्रसाद पौड्याल र बुद्धिबहादुर खड्काले अब उपरान्त यस्तो घृणित कार्य नदोहोर्‍याउन र आम माफी माग्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
अबको तीन दिनभित्र सङ्गठनको मागप्रति सम्बन्धित शिक्षक, विद्यालय तथा क्याम्पस प्रशासनले प्रतिक्रिया नजनाएमा सम्बन्धित निकायमा बन्द र आन्दोलन गर्नेसमेत सङ्गठनका अध्यक्ष लक्ष्मण दाहालले बताए ।स्रोत ;अन्नपूर्ण पोस्ट 





प्रतिक्रिया दिनुहोस्...