भोटेबहाल बस दुर्घटनामा घाइते भएका सह–चालकको उपचारका क्रममा मृत्यु(भिडियोसहित)


काठमाडौं, माघ २० । आज बिहानै काठमाडौंको त्रिपुरेश्वरस्थित भोटेबहाल चोकमा भएको बस दुर्घटनामा परी घाइते भएका सह–चालक कुशल गुरुङको मृत्यु भएको छ ।
कपनबाट कलंकी गइरहेको यात्रु बाहक बस दुर्घटनामा परी सख्त घाइते गुरुङको वीर अस्पतालमा उपचारकै क्रममा केहीबेर अघि मृत्यु भएको हो ।
यात्रुबोकेर कलंकीतिर गइरहेको बा. १. ख. ९५४१ नम्बरको बस बिहान ५.३० मा दुर्घटना हुँदा आठ घाइते भएका थिए ।
घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्...